मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेको टोलीले नयाँ बजारबाट पक्राउ गरेको हो । गोरखाको गोरखा नगरपालिका वडा नम्बर ६ स्थिायी वतन भई हाल नयाँ बजार बस्दै आएका ५१ वर्षिय श्रेष्ठ आज पक्राउ परेका हुन् ।
टोखा नगरपालिका ९ स्थित आर्जन बचत तथा ऋण सहकारी संस्था नामक सहकारीको समेत करोडौँ रकम हिनामिना गरेको र मिटरब्याजबाट पीडित बनाएको अभियोगमा उनलाई पक्राउ गरेको हो । उनले सहकारीको करोडौँ रकम हिनामिना गरि मिटरब्याजमा लगाउँदै आएका थिए । उनी विरुद्ध एक महिलाले जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज तथा अनुचित लेनदेन मुद्दामा समेत जाहेरी दिएकी थिइन् । उनको जाहेरीलाई समेत आधार बनाएर प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाको पाँचबुँदे प्रस्तावमा छलफल नहुने – भट्टराई

काठमाडौं, जेठ २८ । सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाँचबुँदे प्रस्तावमा

ओली सरकारले ‘अध्यादेश’मार्फत गरेका १२ संवैधानिक निकायका ५२ नियुक्तिहरु यी हुन्

बुधबार, जेठ २८ काठमाडौँ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ४ वर्ष अघि संवैधानिक

बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

  काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको

सहमतिअनुसार व्यवसायीहरुले यातायात बन्द राख्नु गलत : भौतिकमन्त्री

 जेठ २०, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्द गरेर

बजेटप्रति निजी क्षेत्र सकारात्मक

 जेठ १६ काठमाडौँ,  । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति निजी क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आएको छ

गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू

जेठ ११,रसुवा ।   पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ ।