जलवायु वार्तामा अमेरिकासँग ‘सकारात्मक परिणाम’ आएको छ : चीन

बेइजिङ, कात्तिक २३ गते । चीनले दुबईमा कोप२८ शिखर सम्मेलन हुनुभन्दा पहिला क्यालिफोर्नियामा अमेरिकासँग भएको जलवायुसम्बन्धी वार्तामा ‘सकारात्मक परिणाम’ आएको बिहीबार बताएको छ । चीन र अमेरिका विश्वका सबैभन्दा बढी हरितगृह ग्यास उत्सर्जन गर्ने मुलुक हुन् ।

बेइजिङको पारिस्थितिकीय तथा पर्यावरण मन्त्रालयका अनुसार अमेरिकी जलवायु दूत जोन केरी र उहाँका चिनियाँ समकक्षी झि झेनहुवाबीच बुधबार भएको कुराकानी ‘सफलतापूर्वक सम्पन्न’ भएको छ ।

“दुवै पक्ष विचारहरूको विस्तृत र गहिरो आदानप्रदानमा संलग्न रहे र द्विपक्षीय जलवायु परिवर्तन सहयोग र कार्यको विकासमा सकारात्मक परिणाम हासिल गरे”, मन्त्रालयले भनेको छ, “बेइजिङ र वासिङ्टन कोप२८ सम्मेलनको सफलताका लागि संयुक्तरूपमा प्रयास गर्न सहमत भएका छन् ।”

कोप२८ शिखर सम्मेलनका लागि मुलुकहरू यसै महिनाको अन्त्यमा संयुक्त अरब इमिरेट्मा भेला हुनेछन् । विश्वव्यापी तापक्रमलाई सीमित गर्नका लागि आम सहमति बनाउनु शिखर सम्मेलनको उद्देश्य रहेको छ । विश्वमा सबैभन्दा धेरै हरितगृह ग्यास उत्सर्जक चीनले सन् २०३० सम्ममा कार्बनडाइअक्साइडको अधिकतम उत्सर्जन गर्ने र सन् २०६० सम्ममा कार्बन तटस्थ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

उक्त प्रतिबद्धताले आफ्नो लक्ष्यलाई अधिक महत्त्वाकांक्षी बनाउन सक्छ भन्ने पश्चिमी कूटनीतिज्ञहरूको सुझावलाई चीनले खारेज गरेको छ । बेइजिङको पर्यावरण मन्त्रालयले धेरै शक्तिशाली हरितगृह ग्यास मिथेनको उत्सर्जनलाई रोक्नका लागि एउटा व्यापक तर अस्पष्ट योजना सुरु गरेको मङ्गलबार बताएको छ । उक्त योजनाले उसको उत्सर्जनलाई कम गर्नका लागि कुनै विशिष्ट लक्ष्य दिएको छैन । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

  काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको

दरबन्दीभन्दा  बढी कर्मचारी नराख्न गृह र संघीय मामिलालाई प्रधानमन्त्री कार्यालयको पत्र

जेठ २६,काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गृह मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन

पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जेठ २२, काठमाडाैँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसहित ९३

सहमतिअनुसार व्यवसायीहरुले यातायात बन्द राख्नु गलत : भौतिकमन्त्री

 जेठ २०, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्द गरेर

बजेटप्रति निजी क्षेत्र सकारात्मक

 जेठ १६ काठमाडौँ,  । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति निजी क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आएको छ

गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू

जेठ ११,रसुवा ।   पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ ।