आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

 साउन ३२, काठमाडौं  । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ काठमाडौं जिल्ला अदालतमा हुँदैछ ।आज (बिहीबार) काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार खतिवडाको इजलासमा क्रिकेटर लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ हुन लागेको हो ।

गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरूद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले आदेश दिएको थियो । त्यसपछि पटक–पटक मुद्दा सुनुवाइका लागि पेशी चढे पनि स्थगित भएका थिए ।

लामिछाने विश्वकप छनोट खेल्न जिम्बावे गएपछि मुद्दाको सुनुवाइ रोकिएको थियो । लामिछाने  फर्किएलगत्तै मुद्दाको सुनुवाइ सुरू हुन लागेको हो ।

क्रिकेटर लामिछानेविरुद्ध १७ वर्षीया किशोरीले प्रहरी वृत्त गौशालामा वि.सं. २०७९ भदौ २१ मा बलात्कारको जाहेरी दिएकी थिइन् ।

नाबालिग बलात्कार आरोपमा प्रहरीले लामिछानेलाई वि.सं. २०७९ असोज २० गते नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

रास्वपाको पाँचबुँदे प्रस्तावमा छलफल नहुने – भट्टराई

काठमाडौं, जेठ २८ । सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाँचबुँदे प्रस्तावमा

ओली सरकारले ‘अध्यादेश’मार्फत गरेका १२ संवैधानिक निकायका ५२ नियुक्तिहरु यी हुन्

बुधबार, जेठ २८ काठमाडौँ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ४ वर्ष अघि संवैधानिक

बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

  काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको

दरबन्दीभन्दा  बढी कर्मचारी नराख्न गृह र संघीय मामिलालाई प्रधानमन्त्री कार्यालयको पत्र

जेठ २६,काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गृह मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन

पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जेठ २२, काठमाडाैँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसहित ९३