सञ्चार क्षेत्रमा भएका विकृतिहरुलाई नियन्त्रण गर्नुपर्छ : सभामुख घिमिरे

असार १६ गते । सभामुख देवराज घिमिरेले सञ्चार क्षेत्रलाई कुण्ठित गर्नु नहुने बताउनुभएको छ । शनिबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको आठौँ अधिवेशनलाई सम्बोधन गर्नुहुँदै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो ।

सभामुख घिमिरेले सञ्चार क्षेत्रको महत्त्व धेरै रहेको बताउँदै सञ्चार क्षेत्रलाई कुण्ठित गर्ने कुरा लोकतन्त्रमा स्वीकार्य हुन नसक्ने बताउनुभयो । उहाँले सञ्चार क्षेत्रमा भएका विकृतिहरुलाई नियन्त्रण गर्ने काममा लाग्नुपर्ने धारणा राख्नुभयो । सञ्चारमाध्यमको महत्त्व बढाउने, ठिक दिशामा लैजाने र समाजवाद निर्माणको बाटो देखाउन सञ्चार क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने उहाँको जिकिर छ ।

उहाँले भन्नुभयो, ‘‘सञ्चार क्षेत्रको महत्त्व धेरै छ, सञ्चार क्षेत्रलाई कुण्ठित गर्नेकुरा लोकतन्त्रमा न सैद्धान्तिक रुपबाट न दार्शनिक, न व्यवहारिक न अहिलेको हाम्रो अवस्थाको रुपबाट जरुरी छैन । तर यसमा भएका विकृतिहरुलाई नियन्त्रण गर्ने काममा लाग्नुपर्छ, ठिक दिशा निर्देशन गर्ने, यसको महत्त्व बढाउने, समाजवाद निर्माण गर्ने बाटो देखाउने कुरा महत्त्वपूर्ण छ । संसदका सभामुख, अध्यक्ष, उपसभामुख, उपाध्यक्षहरुको भूमिकालाई सही दिशा निर्देश गर्नेकुरामा यहाँहरुको भुमिका रहनेछ ।’’

सभामुख घिमिरेले सभामुखको भूमिका प्रभावकारी बनाउन र संसदलार्य प्रभावकारी रुपमा व्यवस्थित रुपमा सञ्चालन गर्नेकुरामा आफूले महत्त्वपूर्ण भूमिका खेल्नेकुरामा बढी ध्यान दिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

ओली सरकारले ‘अध्यादेश’मार्फत गरेका १२ संवैधानिक निकायका ५२ नियुक्तिहरु यी हुन्

बुधबार, जेठ २८ काठमाडौँ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ४ वर्ष अघि संवैधानिक

बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

  काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको

दरबन्दीभन्दा  बढी कर्मचारी नराख्न गृह र संघीय मामिलालाई प्रधानमन्त्री कार्यालयको पत्र

जेठ २६,काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गृह मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन

पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जेठ २२, काठमाडाैँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसहित ९३

सहमतिअनुसार व्यवसायीहरुले यातायात बन्द राख्नु गलत : भौतिकमन्त्री

 जेठ २०, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्द गरेर