८ चैत,मोरङ । जनता लुटने र घरबारबिहिन बनाउने बैँक,सहकारी र लघुबित्त आतंक बन्द गर्न संघीयता खारेजी, वैदिक सनातन राज्य घोषणा तथा ‘नागरिक बचाऊ महाअभियान’ का संयोजक दुर्गा प्रसाईंले चेतावनी दिएका छन ।
बुधबार बेलबारी ३ स्थित पश्चिम बस स्टेण्ड छेउमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सोझासिधा जनता लुटने र घरबारबिहिन बनाउने बैँक,सहकारी र लघुबित्तहरु सबै पार्टीका नेताहरुले उत्पादन गरेको बताए । हरेक घरमा झगडा,कलह र ड्रिप्रेशनको शिकार बनेका नेपाली जनताहरु पार्टीका नेताबाट आर्जित भएको समेत उनले बताए ।
ऋण र्तिन नसकेर १५ सय बढीले आत्महत्या गरेको,सयौ घरवारबिहिन भएको तथा हजारौ बिदेश पलायन भएको भन्दै उनले सरकार निकम्मा रहको आरोप लगाए । लिएको ऋण तिर्ने तर चर्को ब्याज आतंक बन्द गर्नुपर्ने उनले बताए । जनताको पक्षमा नबोल्ने र केही काम नगर्ने हो भने बरु सरकार चलाउन नसके सरकार छोड्न समेत उनले प्रधानमन्त्री पुष्पकमल दाहाल लाई सुझाब दिए । ऋण तिर्न नसकेर सुसाईड नोट लेखेर आत्महत्या गर्नेको संख्या बढेको र त्यो कुरा बाहिर आउने डरले सुसाईड नोट प्रहरीले कब्जा गरेर राखेको समेत उनले आरोप लगाए ।
२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद
बुधबार, जेठ २८ काठमाडौँ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ४ वर्ष अघि संवैधानिक
काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको
जेठ २६,काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गृह मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन
जेठ २२, काठमाडाैँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसहित ९३
जेठ २०, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्द गरेर