आइजीपीबारे देउवाले मुख खोले

Sherbahadur-Deuba_1-450x350१८ चैत, बिराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल प्रहरीको आइजीपी नियुक्ति गर्ने अधिकार सरकारको भएको भन्दै घुमाउरो पारामा अदालतलाई जवाफ दिएका छन् ।

बिराटनगरको हाटखोलमा आयोजित नेपाली कांग्रेसको चुनाव लक्षित सभालाई सम्वोधन गर्न शुक्रबार बिहान बिराटनगर ओर्लिएका सभापति देउवाले विमानस्थलमा पत्रकारसँग कुरा गर्ने क्रममा आइजीपी प्रकरणबारे मुख खोलेका हुन् ।

सरकारले जयबहादुर चन्दलाई आएजीपी नियुक्त गरेकोमा सर्वोच्च अदालतले रद्द गरिदिइसकेको छ । र, अदालतले नवराज सिलवाललाई आइजीपी बनाउनुपर्ने गरी आदेश दिए पनि सरकारले यसबारे कुनै निर्णय गरेको छैन । यसबारेमा पत्रकारले जिज्ञासा राख्दा कांग्रेस सभापति देउवाले आइजीपी नियुक्त गर्ने अधिकार सरकारको भएको बताए ।

देउवाले अदालतको नाम नलिई आईजीपी बनाउने अधिकार सरकारमा रहेको भन्दै यो विवाद चाँडै सरकारले टुङ्याउने बताए ।

सञ्चारकर्मीले अब फेरि जयबहादुर चन्दलाई आइजीइपी बनाउने हो रु भनेर देउवालाई प्रश्न गरेका थिए । जवाफमा देउवाले भने- ‘हेर्दै जाउँ, आईजीपी को हुन्छ ?’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको