रामेश्वर खनाल र बाबुराम भट्टराईः को ठीक को गलत ?

अधैर्य, आफूले भनेको नहुँदा मन दुखाइहाल्नेbaburam-bhattrai-and-rameshwor-khanal

१७ चैत, काठमाडौं । नयाँशक्ति पार्टी परित्याग गरेका पूर्वअर्थसचिव रामेश्वर खनाल र सो पार्टीका संयोजक डा. बाबुराम भट्टराई दुबैको चरित्र चित्रण सोही पार्टीका ‘कृषक नेता’ मदन राईले गरेका छन्  ।

अन्नपूर्ण पोष्ट दैनिकमा राईले ‘दुई सिपालु नेपाली आत्मा’ शीर्षकमा एउटा लेख लेखेका छन् । सो लेखमा राईले भनेका छन्- ‘नयाँ शक्तिमा यी दुई आत्मा एक ठाउँमा भए, म बूढो हलीको हलो यसमा गज्जपले जोड्ने थिएँ भनेर यिनी दुबैलाई भनेको हुँ ।’

 

नयाँ शक्ति पार्टी छाडेर हिँडेका रामेश्वर खनालका बारेमा राईले लेखेका छन्-‘खनालजीको बोलाइ, लेखाइ र गराइको तादाम्य र मिठास देखेर म ज्यादै प्रभावित भएको थिएँ । बाबुरामजीको भन्दा अझ सरल र मीठो लाग्छ, खनालजीको शैली । यस्ता मानिस राजनीतिमा आउनैपर्छ भन्ने मान्यता राख्थें । राजनीतिमा रामेश्वरजीलाई संलग्न गराउन बाबुरामजी र रवीन्द्र मिश्रजीसँग निकै कुरा चल्थ्यो ।उनीहरु दुबै जना र मैले पनि रामेश्वरजीप्रतिको आकर्षण धेरै देख्नेगथ्र्यौं । किनकि उनी असलमात्रै होइन, हामी भएकामध्ये आफ्नो विषयमा धेरै जान्नेमान्छे पनि ।’

रामेश्वरजी पनि मानिस नै हुन्  । उनको कमजोरीमध्ये सबैभन्दा ठूलो कमजोरीमा अधैर्य स्वयं आफैंले भनिसकेका छन् । आफूले भनेको भएन भने सहने कम, मन दुखाउने बढी

राईले लेखेका छन्- ‘नयाँशक्तिको आर्थिक नीति रामेश्वरजीले धेरै मिहेनत गरेर तयार गरेका हुन् । समिट होटलको प्रस्तुतीमा पंक्तिकार खुशीले रोएको थियो । रामेश्वरजीसँग लगातार वर्षदिन काम गर्दा हर्ष र उर्जा मिल्थ्यो । सारै सरल, चोखो र स्पष्ट मान्छे । कञ्चन चामलजस्तै, कलकल छहरा जस्तो विचार र अभिव्यक्ति । साधा जीवन जिउन, पैदन हिँड्न, भुइँमा बस्न रुचाउने ।’

लेखमा राईले थप भनेका छन्- ‘बाबुरामजीलाई अर्थमन्त्रीमा सफल बनाउने मुख्य हात खनालजीकै हो ।’

अधैर्य, आफूले भनेको नहुँदा मन दुखाइहाल्ने

राईले आफ्नो लेखमा रामेश्वर खनालका कमजोरीबारे पनि लेखेका छन् । रार्इ भन्छन्- ‘रामेश्वरजी पनि मानिस नै हुन्  । उनको कमजोरीमध्ये सबैभन्दा ठूलो कमजोरीमा अधैर्य स्वयं आफैंले भनिसकेका छन् । आफूले भनेको भएन भने सहने कम, मन दुखाउने बढी ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सहमतिअनुसार व्यवसायीहरुले यातायात बन्द राख्नु गलत : भौतिकमन्त्री

 जेठ २०, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्द गरेर

बजेटप्रति निजी क्षेत्र सकारात्मक

 जेठ १६ काठमाडौँ,  । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति निजी क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आएको छ

गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू

जेठ ११,रसुवा ।   पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ ।

समावेशी विकासका आयाम

विकास हरेक क्षेत्रका लागि अत्यावश्यक, गतिशील सामयिक परिवर्तनको प्रतिविम्ब हो । यो एउटा यस्तो सकारात्मक

न्यायको कठघरामा न्यायिक समिति

वसन्त आचार्य  २ वैशाख २०८२, न्याय एक बृहत् अवधारणा हो । यो एक दर्शन पनि

तीनकुने घटना पूर्वराजा ज्ञानेन्द्रकै निर्देशनमा भएकोले ज्ञानेन्द्रले उन्मुक्ति पाउँदैनन्: प्रधानमन्त्री ओली

चैत्र १८, २०८१ | काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानसभापछि भएको