दलीय चुनाव चिन्ह नदिए निर्वाचन नै हुन दिन्नौंः बाबुराम

Baburam-bhattrai-1-768x474१७ चैत, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा। बाबुराम भट्टराईले दलीय चुनाव चिन्ह नपाए चुनाव नै हुन नदिने चेतावनी दिएका छन् । साथै संविधान संशोधन नगरी निर्वाचन गरिए देशमा अनर्थ हुने बताए ।

पार्टीको केन्द्रीय परिषद बैठकपछि आयोजित पत्रकार सम्मेलनमा भट्राईले संसदमा भएका दलहरुलाई मात्र दलीय चुनावचिन्हका आधचारमा चुनावमा भाग लिन नदिने निर्णय घोर आपत्तिजनक र षड्यन्त्रमुलक भएको बताए ।

संसदमा भएका दलहरुले मात्र दलीय चुनाव चिन्ह पाउने निर्णय सिण्डिकेटवादी भएको भन्दै उनले भने, ‘यो संविधान विपरित छ । यसलाई सच्याएर छाड्छौं ।’

निर्णय सच्याउन माग गर्दै प्रधानमन्त्रीलाई अल्टिमेटम दिने र २० गतेबाट देशभरका निर्वाचन कार्यालयमा धर्ना दिने निर्णय सुनाउँदै उनले भने, नयाँ शक्तिहरुलाई आउन नदिने दुषित मनसायले निर्वाचन चिन्ह नदिने निर्णय गरिएको छ । यसलाई कुनै हालतमा बदर गराएरै छाड्छौं । निर्वाचन चिन्ह विना नयाँ शक्ति चुनावमा सहभागी नहुने मात्र होइन, चुनाव हुन दिइँदैन ।’

स्थानीय तह निर्वाचन ऐनमा राष्ट्रिय मान्यता प्राप्त दलले मात्रै दलीय आधारमा चुनाव लड्न पाउने र अन्य दलले स्वतन्त्र हैसियदमात्रै पाउने उल्लेख छ । यही व्यवस्था कायम रहे नयाँ शक्ति पार्टीले पनि आगामी स्थानीय चुनावमा दलीय आधारमा नभई स्वतन्त्र हैसियतमा उम्मेदवार खडा गर्नुपर्छ र उसका उम्मेदवारहरुले फरक-फरक चुनाव चिन्ह पाउन सक्छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले संविधान संशोधन गरेर मात्र चुनाव गर्नु पर्ने पुरानै धारणा दोहोर्‍याए । नयाँ शक्तिले चुनावको वातावरण बनाउन भन्दै अघि सारेको ७ बुँदे सर्तमा संविधान संशोधन पहिलो नम्बरमा छ ।

सर्वदलीय सरकार गठन पनि उसको माग छ । यद्यपि उक्त सर्बदलीय सरकारमा आफ्नो दल सहभागी नहुने भट्टराईले बताए । दलहरुले चुनावी सरकारमा पनि भागवण्डा गरेकाले सर्वदलीय सरकारको माग गरेको उनले बताए ।

भट्टराईले संविधान संशोधन नगरी चुनाव गर्न खोजिए देशमा अनर्थ हुने चेतावनी दिए । उनले भने, असन्तुष्ट पक्षलाई चुनावमा सहभागी गराउने गरी संविधान संशोधन नगएसम्म चुनाव हुन्छ भन्ने नै मलाई लाग्दैन ।’

यद्यपि आफूहरु चुनाव विरोधी नभएको बताए । चुनावका लागि कुनै पनि बेला तयार रहनु पर्ने भएकाले त्यसअनुसार तयारी गरेको भट्टराईले बताए ।

केन्द्रीय परिषदको बैठकले चुनावी कमिटीहरु बनाएको छ । जसमा भट्टराईको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी र केशव दाहालको नेतृत्वमा घोषणा मस्यौदा कमिटी बनाइएको छ भने प्रदेश संयोजक तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको