September 5, 2016

ज्ञानेन्द्रबहादुर कार्की कांग्रेस महामन्त्री बन्ने लगभग निश्चित

12552995_1543034326024856_7400611015676786032_n (1)२० भदाै, काठमाडौ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी मनोनयनको गृह सुरु गरेका छन् । देउवाले छिट्टै उपसभापति, महामन्त्री र सहमहान्त्रीसहित केही सदस्यको मनोनयन गर्ने गृहकार्य गरेको स्रोतले जनाएको छ । देउवाले पदाधिकारीसहित कांग्रेसका ४१ विभागहरूको प्रमुखमा पनि मनोनयन गर्ने तयारी गरेका छन् । तयारी गरेपनि देउवाले रामचनद्र पौडेल समूहलाई भाग दिनुपर्ने भएकाले कसरी मिलाउने भनेर परामश गरेको बुझिएको छ ।

उपसभापतिमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, नेताद्वय खुमबहादुर खड्का र गोपालमानसिंह श्रेष्ठ प्रमुख आकांक्षी देखिएका छन् । देउवाका विश्वासपात्र निधिले पनि उपसभापति दाबी गरेकाले उनले नै जिम्मेवारी पाउन सक्ने स्रोतको भनाइ छ ।

पदाधिकारी मानोनयका लागि देउवाले आफूनिकट नेताहरुसँग छलफल थालेका छन् । कांग्रेसको विधान अनुसार सभापतिले १ जना उपसभापति, १ जना महामन्त्री र १ जना सहमहामन्त्री मानोनित गर्न पाउनेछन् । विधानअनुसार ३ पादाधिकारी मानोनयन गर्ने तयारी भइरहेको देउवानिकट स्रोतको दाबी छ । स्रोतका अनुसार सभापति देउवाले केही दिनमै पदाधिकारी, प्रवक्ता र केन्द्रीय सदस्यसहित पार्टीका ४१ वटा विभाग प्रमुख मानोनित गरिसक्ने तयारी थालेका छन् । उपसभापतिमा खुमबहादुर खड्का र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले दाबी गरिरहेकाले देउवालाई केही अफ्टेरो परेको छ । खड्कालाई भन्दा निधीलाई उपसभापति बनाउने पक्षमा देउवा रहेको स्रोतले जानकारी दियो ।

खड्का र निधीबीच तीव्र टकराव रहेकाले तेस्रो व्यक्तिलाई उपसभापति बनाउने सम्भावना पनि उत्तिकै रहेको एक कांग्रेस नेता बताउँछन् । निधी पार्टीको नेतृत्व गर्दै सरकारमा गएकाले विवाद हुन नदिन देउवाले लामो समय आफ्नो समुहमा काम गरेका गोपालमान श्रेष्ठलाई उपसभापति बनाउने सम्भावना पनि उत्तिकै रहेको स्रोतको दाबी छ । उपसभापति मानोनित गर्दा पार्टीमा विवाद हुनसक्ने निचोड निकालेका देउवाले तत्काल उपसभापति छाडेर महामन्त्री र सहमहामन्त्री मात्रै पनि मनोनयन गर्न सक्नेछन् । महामन्त्रीमा ज्ञानेन्द्रको बलियो सम्भावना महामन्त्रीमा भने नेता ज्ञानेन्द्रबहादुर कार्कीको सम्भावना बलियो बनेको नेताहरुको दाबी छ ।

महामन्त्रीका आकांक्षी प्रकाशशरण महत र बालकृष्ण खाँण मन्त्री बनिसकेकाले कार्कीको सम्भावना बलियो भएको हो । कांग्रेसको राजनीतिमा क्रियाशिल भएदेखि सन्त नेता कृष्णप्रसाद भट्टराईनिकट र त्यसपछि आफ्नो नजिकमा रहेका कार्कीलाई महामन्त्री बनाउनकै लागि देउवाले महत र खाँडलाई मन्त्री बनाएर उनलाई रोकेको देउवानिकट नेताहरुको दाबी छ । ‘महामन्त्रीका बलिया दावेदार पूर्णबहादुर खड्का र ज्ञानेन्द्रबहादुर कार्की हुन् । यद्यपि खड्काको भन्दा कार्कीको सम्भावना बलियो छ ।

कार्की महामन्त्री बन्ने पक्कापक्की जस्तै छ,’ स्रोतले भन्यो । संविधान जारी भएपछि आफूखुसी सह–महामन्त्री पदबाट राजीनामा गरेका खड्कासँग देउवा असन्तुष्ट छन् । सह–महामन्त्रीमा रामचन्द्र पौडेल समूहले पनि दाबी गर्दै आएपनि देउवाले भने आफूनिकट नेतालाई मनोनित गर्ने तयारीमा छन् । ‘महामन्त्रीका बलिया दावेदार पूर्णबहादुर खड्का र ज्ञानेन्द्रबहादुर कार्की हुन् । यद्यपि खड्काको भन्दा कार्कीको सम्भावना बलियो छ । कार्की महामन्त्री बन्ने पक्कापक्की जस्तै छ,’ स्रोतले भन्यो ।

देउवाले मानबहादुर विश्वकर्मालाई सह–महामन्त्री बनाउने तयारी थालेका छन् । स्रोतका अनुसार विश्वकर्माको सम्भावना बलियो भएपनि सन्तुलन मिलाउन अन्य समूहबाट जनजाति वा महिला पनि सह–महामन्त्री हुने सम्भावना पनि छ ।

 विधान अनुसार जेठको पहिलो साताभित्रै पदाधिकारीको मनोनयन गरी केन्द्रीय समितिका निवार्चित सदस्यहरुलाई बैठकबाट अनुमोदन गर्नुपर्ने थियो । सभापति देउवाले निर्वाचित सदस्यहरुमध्येबाट उपसभापति, महामन्त्री र सह–महामन्त्रीसहित महाधिवेशन प्रतिनिधिमध्येबाट बढीमा २१ जना केन्द्रीय सदस्य मनोनयन गर्न पाउने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह

वैशाख  १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप