फागुन ७ ,काभ्रे – नेपाली सेनाले तेश्रो शान्ति प्रयास कार्यक्रम अन्र्तगत २८ देशका सैनीकसँग संयुक्त सैन्य अभ्यास कार्यक्रम सोमबारदेखि शूरु गरेको छ । काभ्रेको पाँचखालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक समारोहका बिच कार्यक्रमको उद्घाटन गरेका हुन् ।
पाँचखालमा रहेको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा २८ देशका १ हजार २४ सेना सहभागी छन् । कार्यक्रम उद्घाटन सत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली सेनाका प्रमुख राजेन्द्र बहादुर क्षेत्री, नेपालका लागि अमेरिकी राजदूत एलाइना बि टेप्लिज, अमेरिकी सेनाका प्यासिफिक कमान्डर ह्यारी बि ह्यारीस लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्व शान्तिको पक्षमा नेपाली सेनाले सन् १९५४ डिसेम्बरदेखि भूमिका खेलेको बताँउदै यो संयुक्त सैन्य अभ्यासले थप इमान्दारिता, व्यवसयिकता प्रर्वद्धन गर्ने बताए ।
उनले विश्व शान्ति र सुरक्षाको विषयमा नेपालले सधै आफ्नो स्पष्ट धारणा राखेको बताँउदै उक्त तालिम कार्यक्रमले विश्व शान्तिको स्थापनामा सकारात्मक सन्देश जाने बताए ।
कार्यक्रममा नेपाली सेनाले खुकुरी युद्धकला, खुकुरी नाँच, झाँकी लगायत प्रर्दशन गरेको थियो ।
हेर्नुस, तस्विरमा :
जेठ १६ काठमाडौँ, । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति निजी क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आएको छ
जेठ ११,रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ ।
विकास हरेक क्षेत्रका लागि अत्यावश्यक, गतिशील सामयिक परिवर्तनको प्रतिविम्ब हो । यो एउटा यस्तो सकारात्मक
वसन्त आचार्य २ वैशाख २०८२, न्याय एक बृहत् अवधारणा हो । यो एक दर्शन पनि
चैत्र १८, २०८१ | काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानसभापछि भएको
टोकियो, चैत १५ गते । जापानी प्रधानमन्त्री शिगेरु इशिबाले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आयातित कार