काठमाडाैं, ४ चैत । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आवद्ध थप चार दलले पनि सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएका छन् ।
तमलोपा, सद्भावना, राष्ट्रिय मधेस समाजवादी पार्टी र फोरम गणतान्त्रिकले बिहीबार संसद् सचिवालयमा पत्र दर्ता गर्दै समर्थन फिर्ता लिएको जानकारी गराएका हुन् । यसअघि बुधबार संघीय समाजवादी फोरमले सभामुख ओनसरी घर्तीलाई भेटी समर्थन फिर्ता लिएको पत्र बुझाएको थियो ।
मोर्चा आवद्ध चार दलले बिहीबार सभामुखको अनुपस्थितिमा संसद् सचिवालयमा समर्थन फिर्ताको पत्र औपचारिक रूपमा दर्ता गराएका हुन् । समर्थन फिर्ता लिने मोर्चा आवद्ध पाँच दलका ३५ सांसद छन् । संघीय समाजवादी फोरमका १५, तमलोपाका ११, सद्भावनाका पाँच, राष्ट्रिय मधेस समाजवादीका तीन र फोरम गणतान्त्रिकका एक सांसद छन् ।
मोर्चामा सात दल आवद्ध छन् । तराई मधेस सद्भावना पार्टी र नेपाल सद्भावना पार्टीले भने संसद् सचिवालयमा औपचारिक रूपमा पत्र दर्ता गराएको छैन । तर, उनीहरूले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने मोर्चाको निर्णयमा सहमति जनाएका छन् ।
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
२९ वैशाख २०८२ । विनाशकारी दोस्रो विश्वयुद्धपछि शक्तिराष्ट्रलाई पनि के कुराको अनुभूति भयो भने युद्ध
बैशाख २३ गते २०८२ काठमाण्डौ । अनुमान पनि गर्न नसकिने यो कहालिलाग्दो अवस्थाको अनुमान गरौं