सम्पति बाँड्ने घोषणा गरे अमिताभले

timthumb-3बलिउडका ख्यातीप्राप्त अभिनेता अमिताभ बच्चनले लैंगिक समानतालाई बल पुर्याउन आफ्नो सम्पत्तिको आधा भाग छोरी श्वेता नन्दालाई पनि दिने घोषणा गरेका छन्। ७४ वर्षीय सुपरस्टारले आफ्नो ट्विटर अकाउन्टमा यसको घोषणा गर्दै लेखेका छन्, ‘हामी समान हौं‘लैगिक समानता।’उनले आफ्नो निधनपछि आफ्नो सम्पत्तिमा छोरा अभिषेक र छोरी स्वेताको बराबरी भाग लाग्ने बताए।

लैगिक समानताकै विषयमा आधारित ‘पिकं’ फिल्ममा अमिताभले प्रभावशाली अभिनय गरेका थिए। उनी अभिनित ‘सरकार–३’ रिलिजको तयारीमा रहेको छ। एक समय झण्डै टाट पल्टिएका अमिताभसँग हाल करिब २८०० करोड भारू बराबरको अचल सम्पति रहेको छ। सन् २०१५ मा उनलाई बलिउडका दोस्रा सबैभन्दा धनी अभिनेता घोषणा गरिएको थियो।

उनले वार्षिकरूपमा ६ देखी १० करोड भारू कर तर्छन्। उनको सम्पतिमा उनीसँग रहेका जग्गा जमिन, नगद(पैसा, विलासी गाडीहरू तथा घरहरू पर्छन्। त्यस्तै उनीसँग महँगा घडी तथा पेन्टिङहरूको संग्रह समेत रहेको छ।

लामो समयदेखी बलिउडमा निरन्तर सक्रिय अमिताभले हाल पनि राम्रो कमाइ गर्दे आएका छन्। आमिताभ वार्किक कमाइ २५ देखी ३० करोड भारूको बिचमा रहँदै आएको छ। उनले फिम, विज्ञापन आदिबाट यो आम्दनी गर्ने गर्छन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन

ट्रम्पको कर दृष्टिकोण बुझ्न कठिन छ : जापानी प्रधानमन्त्री

टोकियो, चैत १५ गते । जापानी प्रधानमन्त्री शिगेरु इशिबाले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आयातित कार

भारतीय अन्तरिक्ष मिशन स्स्पाडेक्स उपग्रहको सफलतापूर्वक ‘अनडकिङ’ पूरा

नयाँ दिल्ली, चैत १ गते । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले ‘स्पेस डकिङ’ (स्पाडेक्स) मिशनअन्तर्गत

वैदेशिक रोजगार विभागले शुरु गर्यो निःशुल्क कानुनी सहायताको व्यवस्था

 फागुन २,काठमाडौँ,। वैदेशिक रोजगार विभागले निःशुल्क कानुनी सहायता तथा सहजीकरणका लागि छुट्टै कक्षसहितको कानुनी सहायता अधिकृतको

डब्लूएचओबाट बाहिरिने भन्ने अमेरिकी निर्णय खेदजनक :टेड्रोस

 २०८१, माघ ९ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्वव्यापी स्वास्थ्य एजेन्सीबाट बाहिरिने संयुक्त राज्य अमेरिकाको

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै