नेपालगञ्जमा पूर्व राजा वीरेन्द्र शालिक राखियाे

Nepal_King_Birendra.jpg१६ भदाै, काठमाडौं । नेपालगञ्जको वीरेन्द्र चोकमा  पूर्व राजा वीरेन्द्र शाहाको शालिक राखिएको छ । शालिक राख्न दिने र नदिनेहरूकाबीच ब्याप्त तनावकाबीच वीरेन्द्रको शालिक राखिएको हाे । विहानैदेखि शालिक राख्ने र राख्न नदिनेबीच हात हालाहालको स्थिती समेत सिर्जना भएको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार अहिले सो क्षेत्रमा हुनसक्ने सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । त्यहाँ ८०÷९० जनाको संख्यामा प्रहरी परिचालन गरिएको छ भने झण्डै ३ सय जनाको संख्यामा दुबै पक्षका गरी स्थानीयहरू उपस्थित रहेका छन् ।
अहिले तनावकाबीच शालिक र झण्डा गाड्ने काम सकिएको छ । यस अघि पनि सो स्थानमा वीरेन्द्रको शालिक नै रहेको थियो ।  नेपालगञ्जको वीरेन्द्र चोकमा पूर्वराजा वीरेन्द्रको पूर्ण कदको शालिक थियो । दोस्रो जनआन्दोलनमा सो शालिक भत्काइएको थियो ।
त्यसपछि सो स्थानमा राष्ट्रिय झण्डा राखिएको थियो । झण्डा झुत्रो भयो भनेर फेर्न गएका युवाहरुले एक्कासी वीरेन्द्रको अर्धकदको शालिक राख्न खोजेपछि अर्को पक्षले त्यसलाई रोक्न खोजेको थियो । प्रहरीसँगको झडपमा केही युवा घाइते भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

समावेशी विकासका आयाम

विकास हरेक क्षेत्रका लागि अत्यावश्यक, गतिशील सामयिक परिवर्तनको प्रतिविम्ब हो । यो एउटा यस्तो सकारात्मक

न्यायको कठघरामा न्यायिक समिति

वसन्त आचार्य  २ वैशाख २०८२, न्याय एक बृहत् अवधारणा हो । यो एक दर्शन पनि

तीनकुने घटना पूर्वराजा ज्ञानेन्द्रकै निर्देशनमा भएकोले ज्ञानेन्द्रले उन्मुक्ति पाउँदैनन्: प्रधानमन्त्री ओली

चैत्र १८, २०८१ | काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानसभापछि भएको

ट्रम्पको कर दृष्टिकोण बुझ्न कठिन छ : जापानी प्रधानमन्त्री

टोकियो, चैत १५ गते । जापानी प्रधानमन्त्री शिगेरु इशिबाले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आयातित कार

विकासका लागि सुशासन

बालकुमारी कार्की देश विकासका लागि सुशासन अपरिहार्य तìव हो । सुशासनका विशेषतामा कानुनी शासन, पारदर्शिता,

गठबन्धन सरकारलाई एकताबद्ध भई अगाडि बढाउन आवश्यक

रुपन्देही  १९ , फागुन।  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा