आगामी स्थानीय चुनावमा पनि भाग नलिने वैद्य माओवादीको उद्घोष

Mohan-Baidhyaकाठमाडौं, २९ फागुन । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले आगामी बैशाख ३१ मा हुने भनिएको स्थानीय तहको निर्वाचनमा भाग नलिने भएको छ ।

आइतबार क्रान्तिकारी माओवादी केन्द्रीय सचिवालय समितिको बैठकले बैशाख ३१ मा स्थानीय निर्वाचन हुनै नसक्ने निश्कर्ष निकाल्दै निर्वाचनमा भाग नलिने निर्णय गरेको हो ।

अध्यक्ष वैद्यले जारी गरेको विज्ञप्तिमा भनिएको  छ, ‘ सरकारद्वारा आगामी बैशाख ३१ गते चुनावको मिति घोषणा गरिएकोमा वर्तमान राज्यसत्ता तथा व्यवस्था पक्षधर राजनीतिक शक्तिहरुकाबीच अन्तरविरोध चर्कदै गएको, उनिहरु आफैले बनाएको संविधान पनि पहिले प्रदेशको निर्वाचन गरी स्थानीय निर्वाचन गर्नुपर्नेमा सो, नभएकाले हाम्रो पार्टी यस प्रकारको स्थिति र सो मितिमा गरिने निर्वाचन अौचित्य हीन रहेको ठहर गर्दछ ।’

वैद्यले विज्ञप्तिमा नेपाल भित्रै प्रवेश गरेर नेपाली युवाको हत्या गर्ने र सीमा अतिक्रमण गर्ने भारतीयको व्यवहार अक्षम्य रहेको बताएका छन् । विज्ञप्तिमा भारतीय पक्षको ज्यादतिविरुद्ध आगामी चैत ५ गते देशव्यापी रुपमा विरोध गर्ने जनाएको छ ।

अध्यक्ष मोहन वैद्यले जारी गर्नुभएको विज्ञप्तिमा विशेष, संरक्षित क्षेत्र र स्थानीय स्वायत्ततापछि मात्रै स्थानीय तहको निर्वाचन गर्नु उपयुक्त हुने उल्लेख गरेका छन् ।

बैठकले राष्ट्रियता, जनतन्त्र एवम् जनजीविकाको पक्षमा विभिन्न कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ भने नेपाल–भारत सीमा क्षेत्रमा भारतीय पक्षले गरेको ज्यादतिको भारत सरकारबाट माफी माग्नुपर्ने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

शान्ति निर्विकल्प बाटो

 २९ वैशाख २०८२ ।  विनाशकारी दोस्रो विश्वयुद्धपछि शक्तिराष्ट्रलाई पनि के कुराको अनुभूति भयो भने युद्ध

यसरी आश्रित परिवारको सहारा बनेको छ सामाजिक सुरक्षाकोष

बैशाख २३ गते २०८२ काठमाण्डौ । अनुमान पनि गर्न नसकिने यो कहालिलाग्दो अवस्थाको अनुमान गरौं

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन

कुलमानको बदमासी छताछुल्ल हुनेगरी विद्युत प्राधिकरणले जारी गर्यो श्वेतपत्र (सूचीसहित)

  २१ वैशाख २०८२, काठमाडौं। नेपाल विद्युत प्राधिकरणले श्वेतपत्र सार्वजनिक गरेको छ । कार्यकारी निर्देशक हितेन्द्रदेव