मुस्ताङको नुनखानी तत्काल संचालन गर्न सकिने अवस्थामा

salt-mine-750x600मुस्ताङ। लामो समयदेखि खेर गइरहेको मुस्ताङको छुसाङस्थित तेताङमा रहेको नुनखानीमा तत्काल नुन उत्पादन गर्न सकिने सम्भावना देखिएको छ ।

आपूर्ति मन्त्रालयका सहसचिव ईश्वरकुमार गिरी नेतृत्वको टोलीले फागुन दोस्रो साता गरेको स्थलगत अध्ययन र स्थानीयवासीसँगको साक्षात्कारपछि तत्काल नुन उत्पादन गर्न सकिने निष्कर्ष निकालेको हो । यही आशयका साथ टोलीले केही दिनमै सरकारलाई प्रतिवेदन बुझाउन लागेको सहसचिव गिरीले जानकारी दिए।

टोलीमा गिरीसँगै मन्त्रालयका उपसचिवद्वय दिलकुमार शर्मा र लक्ष्मी बाँस्कोटा सहभागी हुनुभएको थियो । नुनखानीको पहाडै देखिएपनि उत्पादन हुन नसक्दा त्यस क्षेत्रकै स्थानीयवासी आयातीत नुन उपभोग गर्न बाध्य छन् । २० वर्षअघि सम्म स्थानीय र साल्ट ट्रेडिङ कर्पोरेसनले ठेकेदारमार्फत उत्पादन गरेपनि अहिले त्यो पूर्णरुपमा बन्द छ ।

गत जेठ महिनामा तत्कालीन उद्योगमन्त्री सोमप्रसाद पाण्डे नेतृत्वको उच्चस्तरीय प्राविधिक टोलीले नुनखानीको अध्ययन गर्दै उत्पादनका लागि आवश्यक प्रक्रिया बढाउन सरकारले प्रतिवेदन नै बुझाएको थियो । सडकमार्गको पहुँच र नुनखानी रहेको पहाडबाट बग्ने नुनिलो पानीलाई पाइपलाइनमार्फत सहज ठाउँमा ल्याएर उत्पादन गर्न सकिने देखिएको सहसचिव गिरीले जानकारी दिए।

‘नुनिलो पानी निस्कने ठाउँमा भरपर्दो पाइप जडान गरेर केही तल सहज भएको ठाउँमा ल्याउन सकियो भने तत्कालै नुन बनाउन सकिन्छ’, उनले भने, ‘यसभन्दा अघि ठेकेदार स्थानीयवासीको खेत भाडामा लिएर केही संरचना पनि बनाएका रहेछन्, त्यसैलाई प्रयोग गर्न सकिन्छ ।’ नुनखानीबाट उत्पादित नुनमा आयोडिन कम हुने हल्ला गरेपनि त्यसको अहिलेसम्म आधिकारिक पुष्टि भइसकेको छैन ।

बीस वर्षअघि सम्म मुस्ताङसहित म्याग्दीको उपल्लो भेगका सर्वसाधारणले त्यसैबाट उत्पादित नुन उपभोग गर्थे । तर बजारमा पोकाको आयोडिन नुनको माग बढ्दै गएपछि ठेकेदारले काम गर्न छाडेको स्थानीयवासी पेमा दोर्जे गुरुङले बताए।

नुनको माग रहेको बेला तेताङका धेरैले रोजगारी समेत पाएका थिए । रोजगारीसँगै पैसा तिरेर महँगोमा नुन खान नपरे आफूहरुलाई ठीक हुने स्थानीयवासीको माग छ ।रासस

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाको पाँचबुँदे प्रस्तावमा छलफल नहुने – भट्टराई

काठमाडौं, जेठ २८ । सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाँचबुँदे प्रस्तावमा

ओली सरकारले ‘अध्यादेश’मार्फत गरेका १२ संवैधानिक निकायका ५२ नियुक्तिहरु यी हुन्

बुधबार, जेठ २८ काठमाडौँ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ४ वर्ष अघि संवैधानिक

बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

  काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको

बजेटप्रति निजी क्षेत्र सकारात्मक

 जेठ १६ काठमाडौँ,  । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति निजी क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आएको छ

गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू

जेठ ११,रसुवा ।   पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ ।

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको