काठमाडौं, २७ फागुन । नेपाल भारत सीमा विवादको दिर्घकालिन समाधानका लागि दुई देशबीचको सिमानामा स्थायी पर्खाल निर्माण गर्नुपर्ने सरोकारवालाले बताएका छन् ।
भारतीय पक्षले सिमानाको जंगे पिल्लर हटाएर नेपाली भुमि मिच्ने गरेकोले सिमानामा स्थायी पर्खाल लगाउनुपर्ने सिमाविद् श्रेष्ठको भनाई छ ।
एबीसी न्यूजको नियमित टक सो एबीसी वाचमा कुरा गर्दै सिमाविद् बुद्धिनारायण श्रेष्ठ र नेकपा एमालेका नेता एवं सांसद यज्ञराज सुनुवारले नेपाल भारत सिमा विवादको दिर्घकालिन समाधानका लागि दुई देशबीचको सिमानामा स्थायी पर्खाल निर्माण गर्नुपर्ने बताएका हुन् । बारम्बार भारतीय पक्षबाट नेपाली भुमि मिच्ने काम भए पनि नेपाल सरकार निरिह भएको उनीहरुको भनाई छ ।
भारतीय पक्षले सिमानाको जंगे पिल्लर हटाएर नेपाली भुमि मिच्ने गरेकोले सिमानामा स्थायी पर्खाल लगाउनुपर्ने सिमाविद् श्रेष्ठको भनाई छ । एमाले नेता सुनुवारले भने सिमानामा भारतीय सुरक्षा फौजबाट एक नेपाली नागरिको मृत्यु हुदासमेत सरकार निरिह बनेको आरोप लगाए । सीमा क्षेत्रमा देखिने समस्या समाधानका लागि सबै दलहरुले एउटै धारणा बनाउनुपर्ने उनको भनाई छ
विहिबार कञ्चनपुरको पुनर्वासस्थित आनन्द बजारमा नेपाली भुमिमा निर्माणाधिन कल्भर्टको विषयलाई लिएर भारतीय पक्षले हस्तक्षेप गरेपछि बढेको विवादमा भारतीय सुरक्षाकर्मी एसएसबीको गोली लागेर नेपाली नागरिक गोविन्द गौतमको मृत्यु भएको थियो ।
नेपाल भारतबीचको १८ सय ८० किलोमिटरको खुल्ला सिमानामा बारम्बार भारतीय पक्षबाट नेपाल भुमि मिच्ने एवं नेपालीमाथि ज्यादती हुने गरेको घटना सार्वजनिक हुने गरेको छ ।
यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्
२९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ
विकास हरेक क्षेत्रका लागि अत्यावश्यक, गतिशील सामयिक परिवर्तनको प्रतिविम्ब हो । यो एउटा यस्तो सकारात्मक
वैशाख १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप
चैत १७, काठमाडौँ । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बल (एपिएफ) को
८ चैत २०८१, शुक्रबार चियाको कपमा तुफान भन्ने टुक्का त आफैँले पनि कति ठाउँमा प्रयोग