नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यकारी समितिको बैठक आगामी फागुन २५ गते काठमाडौंमा बस्ने

naya-shakti-696x563फागुन २३ काठमाडौ,नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यकारी समितिको बैठक आगामी फागुन २५ गते काठमाडौंमा बस्ने भएको छ । बैठकले पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा गर्दै पार्टीले अवलम्बन गर्ने नीति तथा कार्ययोजना तयार गर्ने जनाईएको छ ।

त्यस्तै सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन र टुंगोमा पुग्न नसकेको संविधान संशोधनको प्रक्रियाकाबिच बढ्दै गएको राजनीतिक टकरावबाट देशलाई कसरी निकास दिने भन्ने सवालमा बैठकले ठोस नीति तथा कार्ययोजना तयार गर्ने बताईएको छ ।

कार्यकारी समितिको बैठकले यहि फागुन २६ र २७ गते काठमाडौंमै बस्ने अन्तरिम केन्द्रीय परिषद्को बैठकका एजेण्डा तय गर्ने र समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आन्तरिक कार्यदिशाको सन्दर्भमा निश्चित योजना निर्माण गर्ने स्रोतले बताएको छ ।

नयाँ शक्तिले पार्टीको अन्तरिम संरचना अन्तर्गत १०३ सदस्यीय केन्द्रीय कार्यकारी समिति र १ हजार १९२ सदस्यीय अन्तरिम केन्द्रीय परिषद् बनाएको संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह

वैशाख  १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप