स्थानीय तह पुनर्संचनाको टुङ्गो नलाग्दै कार्यकारी प्रमुख नियुक्तिको तयारी

ministry-of-local-development-Sthaniya-Bikas २१ फागुन काठमाडौं । गाउँपालिका र नगरपालिकाको संख्या टुंग्याउन समस्या भएको छ । मधेसी मोर्चामा आबद्ध दलले स्थानीय तहको संख्या थप्ने प्रस्ताव अस्वीकार गरेपछि समस्या भएको हो ।

स्थानीय तह पुनर्संरचना प्रतिवेदन पुनरावलोकन कार्यदलले संख्या टुंग्याएर शुक्रबार सिफारिस गर्ने समय पाएको थियो । मधेसी मोर्चाको माग सम्बोधन गर्न २ नम्बर प्रदेशमा स्थानीय तहको संख्या थप्ने तयारी कार्यदलको थियो । तर, मोर्चाले असहमति जनाएपछि कार्यदलले शुक्रबार कुनै निर्णय गरेन । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

स्थानीय तह पुनर्संरचना प्रतिवेदन पुनरावलोकन कार्यदलका संयोजक स्थानीय विकासमन्त्री हितराज पाण्डेले संख्या टुंग्याउन मधेसी मोर्चाआबद्ध दल र सांसदसँग शुक्रबार पनि छलफल गरेका थिए । कार्यदलले स्थानीय तह पुनर्संरचना आयोगको मापदण्डका आधारमा सात सय ४४ सम्म संख्या पुर्‍याउन सक्ने गरी छलफल गरेको हो ।

मधेसी मोर्चाले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन र कार्यदलले तयार गरेको प्रतिवेदनअनुसार तय हुने स्थानीय तहको संख्यालाई स्वीकार गर्न नसक्ने बताउँदै आएको छ । संघीय समाजवादी फोरमका प्रमुख सचेतक डा. शिवजी यादवले मधेसमा जनसंख्याका आधारमा स्थानीय तहको संख्या तय नभएसम्म स्वीकार नगर्ने बताए । ‘२ नम्बर प्रदेशमा विशेष अवस्थाका कारण स्थानीय तहको संख्या बढाउँछौँ, मानिदिनुहोस् भन्ने स्थानीय विकासमन्त्रीको भनाइ थियो, तर हामी स्वीकार गर्न सक्दैनौँ,’ यादवले भने, ‘२ नम्बर प्रदेशलाई एउटा मापदण्ड तयार गर्ने हो भने १ नम्बर, ५ नम्बर र ७ नम्बरका मधेसका जिल्लामा अर्को मापदण्ड कसरी हुन्छ ?’

कार्यकारी प्रमुख नियुक्ति गर्ने तयारी

स्थानीय विकासमन्त्री हितराज पाण्डेले गाउँपालिका तथा नगरपालिकामा कार्यकारी प्रमुख नियुक्तिको तयारी भएको जानकारी दिएका छन् । गाउँपालिका र नगरपालिकामा कार्यकारी प्रमुख नियुक्ति नगरी स्थानीय तहको निर्वाचन प्रक्रिया अगाडि बढ्न सक्दैन ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आवश्यक कर्मचारी व्यवस्थापनको सामान्य खाका तयार गरे पनि संख्या यकिन नहुँदा अन्तिम टुंगो लागेको छैन । २० हजारभन्दा बढी जनसंख्या भएको गाउँपालिकामा उपसचिव र २० हजारभन्दा कम जनसंख्या भएको गाउँपालिकामा शाखा अधिकृतलाई कार्यकारी प्रमुख बनाउने गरी मन्त्रालयले खाका बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह

वैशाख  १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप