झापा, २० फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयनका लागि तीनै तहको चुनाव अनिवार्य भएको बताएका छन् ।
‘वैशाख ३१ गते स्थानीय तहको चुनाव घोषणा भइसकेको छ’, सहिद वीरेन स्मृति प्रतिष्ठानको नवनिर्मित सामुदायिक भवनको शुक्रबार ज्यामिरगढीमा उद्घाटन गर्दै उनले भने, ‘यसपछि प्रदेश र सङ्घीय तहको पनि चुनाव हुनुपर्छ ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले तीनै तहको चुनाव तालिका सार्वजनिक गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिइरहनुपरेको अवस्था रहेको बताउँदै १९ वर्षपछि हुन लागेको चुनाव अब कसैले रोक्न नसक्ने विचार व्यक्त गरे ।
झापा विद्रोहलगायतका थुप्रै सङ्घर्षहरुको उपलब्धिलाई लोकतान्त्रिक संविधानको कार्यान्वयनमार्फत संस्थागत गर्दै मुलुकलाई समृद्धितर्फ लैजानुपर्ने अहिलेको अवश्यकता हो र यसको नेतृत्व एमालेले गर्छ उनले भने ।
विसं २०२९ मा सुखानीमा सहिद हुनुभएका वीरेन राजवंशीको स्मृतिमा ज्यामिरगढी–३ मा अर्धकदको सालिकसहित ४९ लाखको लागतमा उक्त दुईतले सामुदायिक भवन निर्माण गरिएको हो । रासस
काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको
जेठ २६,काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गृह मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन
जेठ २२, काठमाडाैँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसहित ९३
जेठ २०, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्द गरेर
जेठ १६ काठमाडौँ, । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति निजी क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आएको छ
जेठ ११,रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ ।