आजको दैनिक पत्रिकाहरुमा के के छापिए

IMG_9922१९ फागुन, काठमाडौं । बिहीबार काठमाडौंबाट प्रकाशित प्रायः दैनिक पत्रिकाहरुको फ्रन्टपेजमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनसँग सम्बन्धित समाचारले स्थान पाएका छन् । त्यस्तै सत्तारुढ दलले मधेसी मोर्चालाई संविधान संशोधन थाती राखेर निर्वाचनमा सहभागी हुन गरेको आग्रह मोर्चाले अस्वीकार गरेको समाचार र स्थानीय तह निर्वाचन आचारसंहिता लागू भएको समाचारले प्राथमिकता पाएका छन् ।

यससँगै, नयाँ पत्रिका दैनिकले विद्युत ठगीमा २३ कर्मचारीविरुद्ध मुद्दाको तयारी भएकोलाई मुख्य समाचार बनाएको छ । पच्चिस वर्षपछि लगानी सम्मेलन हुन लागेको समाचारलाई अन्नपूर्ण पोस्ट् दैनिकले महत्व दिएको छ ।

नागरिक दैनिकमा अर्थमन्त्री कृष्णबहादुर महराले मनलाग्दी पैसा बाँडेको समाचारलाई प्राथमिकताका साथ छापेको छ । एमालेको मेची-महाकाली अभियानसम्बन्धी समाचारलाई राजधानी दैनिकले महत्व दिएर प्रकाशित गरेको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना चाहेको समाचारलाई गोरखापत्र दैनिकले महत्वका साथ फ्रन्टपेजमा छापेको छ । नेपाल समाचारपत्र दैनिकले स्थानीय निर्वाचनमा सेना पनि खटाइने समाचारलाई महत्व दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू

जेठ ११,रसुवा ।   पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ ।

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

समावेशी विकासका आयाम

विकास हरेक क्षेत्रका लागि अत्यावश्यक, गतिशील सामयिक परिवर्तनको प्रतिविम्ब हो । यो एउटा यस्तो सकारात्मक