वीरगन्ज,११ फाल्गुन । सरकारले स्थानिय निकायकाे चुनाव घाेषणा गरेसँगै मधेसमा विराेध सुरू भएकाे छ । सदभावना पार्टीका कार्यकर्ताहरुले बीरगन्जको घण्टाघर चोकमा प्रधानमन्त्री प्रचण्डको पुत्ला दहन गरेका छन्। पुत्ला दहनसँगै प्रचण्डलाई दलालको संज्ञा दिँदै सरकार विरुद्ध नारा जुलुस समेत प्रदर्शन गरेका छन् ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेकाे थियाे ।
पुत्ला दहनपछि आयोजित कोणसभालाइ सम्बोधन गर्दै सदभावना पार्टीका उपाध्यक्ष इश्वर यादवले मधेसी मोर्चाकै समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले मधेसी जनतालाई धोका दिएको आरोप लगाए । उनले संविधान संशोधन बेगरको निर्वाचनको कुनै अर्थ नभएको दावी गरे ।
उनले सरकारले घोषणा गरेपनि मधेसमा निर्वाचन हुन नदिने चेतावनी दिए । उनले मधेसमा अब विगतभन्दा झन सशक्त आन्दोलन हुने बताए । सरकार आफै झुक्ने खालको आन्दोलन अब मधेसमा हुन्छ उनले थपे ।
सरकारले अगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गराउने निर्णय गरेको छ । त्यसकाे केही घण्टामा नै अान्दाेलनकाे कार्यक्रम सार्वजनिक गरेकाे थियाे ।
मधेसका जिल्लाहरुमा मशाल जुलुस प्रदर्शन र भोली मधेस बन्दको आह्वान गरेको छ । साथै सरकार विरुद्ध भण्डाफोर कार्यक्रम गर्ने पनि मोर्चाले जनाएको छ ।
२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद
बुधबार, जेठ २८ काठमाडौँ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ४ वर्ष अघि संवैधानिक
काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको
जेठ २६,काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गृह मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन
जेठ २२, काठमाडाैँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसहित ९३
जेठ २०, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्द गरेर