February 18, 2017

राप्रपा महाधिवेशनमा कसले के भने

फागुन ७

काठमाडौं – संविधान कार्यान्वयनमा राप्रपाको सहयोग आवश्यक : प्रधानमन्त्री

संविधान निर्माणमा जस्तै कार्यान्वयनमा पनि राप्रपाको सहयोग आवश्यक छ । हामीले संविधानमा अधिकतम स्वीकार्यता दिलाउनकै लागि संशोधन अघि बढाएका हौँ । यसलाई अघि बढाउने विषय संविधान कार्यान्वयनसँग जोडिएको छ । मधेस, पहाड र हिमालका वर्गलाई नसमेट्नु राष्ट्रवाद हुन सक्दैन । यी तीन पक्षलाई जोड्ने नीति राप्रपाले पनि पारित गरोस् । अब सरकारले संशोधन विधेयक र निर्वाचनलाई सँगसँगै अघि बढाउने सोचेको छ । प्रजातन्त्रका लागि र संविधान कार्यान्वयनका लागि निर्विकल्प बनेको निर्वाचनको घोषणा अब छिटै हुन्छ । यो खबर आजको नयाँ पत्रिकामा छ ।

अब राप्रपासँग सँगै बस्नुपर्छ : देउवा
संविधान बने पनि देश संक्रमणमा छ । अब तीनवटा निर्वाचन हुन जरुरी छ । स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनमा सबै पार्टीको सहमति र सहभागिता जरुरी छ । मधेसको भावना सम्बोधन गर्न संशोधन अगाडि बढाएका हौँ । संशोधन हुँदा वैमनस्य हट्छ । राप्रपा पनि महाधिवेशनबाट संशोधनको पक्षमा लाग्छ भन्ने आशा लिएको छु । म पहिलोपटक प्रधानमन्त्री हुँदा पनि राप्रपासँगै सरकारमा एक ठाउँमा थियौँ । अब फेरि पनि एक ठाउँमा सँगै बस्नुपर्छ ।

राष्ट्रियताको पक्षमा उभिनुपर्छ : ओली
भिन्न विचार रहे पनि संविधान निर्माणमा राप्रपाको सकारात्मक योगदान रह्यो । महाधिवेशनबाट राप्रपा स्पष्ट रूपमा राष्ट्रियता, एकता र लोकतन्त्रको पक्षमा उभिनुपर्छ । इतिहासका गौरवलाई कदर गर्नुपर्छ । तर, पृथ्वीनारायण शाहलाई मानियो भन्दैमा ड्रगिस्ट, जँड्याहा सबैलाई मान्न सकिन्छ भन्ने छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह

वैशाख  १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप

पूर्वराजाका गतिविधिमाथि निगरानी,  सुरक्षाकर्मी कटौती

 चैत १७, काठमाडौँ । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा तैनाथ  सशस्त्र प्रहरी बल (एपिएफ) को

झुटो इतिहासले उब्जेको तनाव

 ८ चैत २०८१, शुक्रबार चियाको कपमा तुफान भन्ने टुक्का त आफैँले पनि कति ठाउँमा प्रयोग

गठबन्धन सरकारलाई एकताबद्ध भई अगाडि बढाउन आवश्यक

रुपन्देही  १९ , फागुन।  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा

सत्ताका लागि राष्ट्रियताका अहितमा कुनै सम्झौता गरिदैन : प्रधानमन्त्री

 कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने