केशरबहादुरले पनि खोले नयाँ शक्ति पार्टी

Kesharbahaur-Bist२६ माघ, काठमाडौं । राप्रपा नेपालबाट अलग्गिएका नेता केशरबहादुर विष्टको नेतृत्वमा ‘सेरेमोनियल राजतन्त्र’ सहितको एजेन्डा लिएर नयाँ राजनीतिक शक्ति निर्माण हुने भएको छ । अमेरिकामा राजनीति गरेर फर्केका दर्शन रौनियारदेखि १७ वर्ष जेलजीवन बिताएका एमाले नेता मोहनचन्द्र अधिकारीसम्म यो राजावादी शक्तिमा जोडिँदैछन् ।

 

‘एकीकृत राष्ट्रवादी शक्ति निर्माण अभियान’ नाम दिइएको राजनीतिक शक्तिको औपचारिक घोेषणा भोलि (बिहीबार) नयाँ बानेश्वरबाट हुनेछ । यसलाई सुरुमा अभियानका रुपमा अघि बढाएर पछि पार्टीको रुप दिइने संयोजक विष्टले अनलाइनखबरलाई बताए ।

वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाउने दाबी गरिएको यस अभियानले तीनवटा एजेन्डा बोकेको छ । विष्टका अनुसार तीन एजेन्डामा सेरेमोनिनयल राजतन्त्र पुनस्र्थापना हुनुपर्ने, संघीयता खारेज गरिनुपर्ने र हिन्दू राष्ट्र कायम हुनुपर्ने रहेका छन् ।

आफू आवद्ध रहेको कमल थापा नेतृत्वको राप्रपा नेपालले यी एजेन्डाहरुलाई कुल्चेर हिँडेकाले नयाँ शक्ति निर्माण गर्नुपरेको विष्टले बताए ।

राजतन्त्रबाहेकका मुद्दामा सहमत छु : रौनियार

अमेरिकाबाट फर्केर नेपालमा राजनीति गर्न तम्सिएका दर्शन रौनियारले सेरेमोनियल राजतन्त्र बाहेकका मुद्दामा यस अभियानसँग आफ्नो मत मिलेको बताए । संघीयता खारेजी र हिन्दू राज्य कायम गर्नुपर्ने मुद्दामा आफू सहमत भएको, तर सेरेमोनियल राजतन्त्रका विषयमा कुरा मिल्न बाँकी रहेको रौनियारको भनाइ छ ।

‘राजतन्त्रका विषयलाई जनमत संग्रहबाट टुंगो लगाउनुपर्छ भन्नेमा म ओपन छु,’ रौनियारले अनलाइनखबरसँग भने, ‘यस विषयमा हामी छलफलमै छौं ।’

रौनियारले ‘मुभमेन्ट फर चेन्ज’ का नाममा बेग्लै अभियान पनि चलाइरहेका छन् । पछि गएर दुवै अभियानलाई समायोजन गरी पार्टीको रुप दिने योजना रहेको उनले सुनाए ।

‘अहिलेलाई उहाँ (केशरबहादुर)हरुको अभियानमा म सामेल हुन्छु, र मेरो अभियानमा उहाँहरु सामेल हुनुहुन्छ,’ रौनियारले भने, ‘पछि गएर हामी एक हुनेछौं ।’

आफूसँग एउटा विकसित मुलुकमा गएर राजनीति गरेर नेपाल र नेपालको इज्जत बढाएको अनुभव रहेको दाबी गर्दै रौनियारले भने- ‘अब म यो अनुभवलाई आफ्नो देशभित्र सदुपयोग गर्न चाहन्छु ।’

आगामी ०७४ साल माघ ७ गतेदेखि संसदको म्याद सकिने भन्दै रौनियार त्यसको एक घण्टा पनि म्याद थप्न नदिने कुरालाई आफूहरुको अभियानले प्रमुखता दिएको बताए ।

अभियानका संयोजक विष्टले आफ्नो अभियानमा ५/७ वटा पार्टीहरु सहभागी भइसकेको र विहीबारको कार्यक्रमबाट थप दलहरु सहभागी हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

  काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको

सहमतिअनुसार व्यवसायीहरुले यातायात बन्द राख्नु गलत : भौतिकमन्त्री

 जेठ २०, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्द गरेर

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह

वैशाख  १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप