२१ माघ, काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी ठूले राईले अपराधीविरुद्ध आफू सिधै एक्सनमा जाने बताएका छन् ।
ठूले राई तीनै प्रहरी अधिकृत हुन्, जसलाई सशस्त्र द्वन्द्वकालमा माओवादीले अपहरण गरेको थियो । अपहरणमा पर्दा उनी डीएसपी थिए । तत्कालिन सरकारले माओवादी नेता देव गुरुङलाई जेलबाट छाडेपछि उनी अपहरणमुक्त भएका थिए ।
माओवादी नेतृत्वको सरकारकै पालामा हालै ललितपुर प्रहरी प्रमुखको जिम्मेवारी पाएका एसएसपी राईले भने, ‘प्रहरीले योजनामा काम गर्ने होइन, सिधै एक्सनमा जाने हो । तर अपराध अनुसार ।’
पछिल्लो समय ललितपुर लागुऔषध कारोबारीदेखि टोले गुण्डाको आश्रयस्थल बन्न लागेको गुनासो छ । एसएसपी राईले भने अपराध अनुसार कारबाही हुने बताउँछन् । उनले अनलाइनखबरसँग भने, ‘म भर्खर आएको छु । कसले सेल्टर लिएको छ कि छैन हामी खोज्छौं ।’
उनका अनुसार उनी पहिल्यै सूची बनाएर आएका छैनन् । भन्छन्, ‘निगरानी गर्छु । निगरानीबाट सूचना आउँछ । त्यसका आधारमा कार्वाही गर्ने यो शैली हो ।’
उनले अघि भने, ‘यस्तो कारबाही गर्छु उस्तो कारबाही गर्छु भनेर पहिल्यै भन्ने होइन । अपराध अनुसारको सजाय दिने हो । अपराध गर्नेविरुद्ध प्रहरीले कुनै सम्झौता गर्दैन ।’
साथै उनले बोलेर नभई काम गरेर देखाउने बताएका छन् । ‘लागूऔषध कारोबारी होस् या अरु कुनै धन्दा होस् । सबैलाई कानुनको दायरामा ल्याउने मेरो ड्युटी हो । त्यसमा कुनै सम्झौता हुँदैन,’ उनले भने ।
काठमाडौं, जेठ २८ । सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाँचबुँदे प्रस्तावमा
बुधबार, जेठ २८ काठमाडौँ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ४ वर्ष अघि संवैधानिक
काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको
जेठ २०, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्द गरेर
जेठ १६ काठमाडौँ, । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति निजी क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आएको छ
जेठ ११,रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ ।