भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकार भारतको इशारामा चलेको आरोप लगाउनु भएको छ । सरकार दिल्लीकै इशारा अनुसार चलेको दाबी गर्दै प्रधानमन्त्री देउवाले दोस्रो चरणमा केही प्रदेशको निर्वाचन सार्ने प्रस्ताव अघि सारेको बताउनुभयो ।
निर्वाचन घोषणा गरिसकेपछि सरकारले यसका लागि सबै अधिकार निर्वाचन आयोगलाई नै दिनुपर्ने भन्दै अध्यक्ष बिजुक्छेंले निर्वाचन अवधिसम्म आयोग सरकारको होईन सरकार आयोगको सल्लाहमा चल्नुपर्ने धारणा राख्नुभयो । तर सरकारले आयोगको अधिकारमाथि समेत हस्तक्षेप गर्दै निर्वाचन सार्ने खेल खेलिरहेको उहाँको भनाई छ ।
सरकार जनताको समस्याप्रति अलिकति पनि गम्भीर हुन नसकेको आरोप लगाउँदै उहाँले सरकारले राजपालाई संविधान संशोधनको बहानामा झुक्काईरहेको खुलासा गर्नुभयो । सरकार राजपाको माग अनुसार संविधान संशोधन होईन ऐन संशोधनको तयारीमा रहेको छ उहाँले भन्नुभयो ‘राजपालाई झुक्काएर होईन प्रष्ट पारेर राजपाको मागप्रति सरकारको ध्यान जानुपर्छ ।’
सरकारले स्थानीय तहका नाममा मनपरी रुपमा बजेट विनियोजन गरेर सरकारी सम्पति अनियमिता गरिरहेको बताउँदै उहाँले नगरपालिकामा कार्यकारी अधिकृत बाहेकका अरुलाई सरकारले तलब दिन नहुने धारणा राख्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘अधिकृत बाहेकका अन्य कर्मचारी र पदाधिकारीका लागि स्थानीय तहको आन्तरिक स्रोतबाट खर्च व्यवस्थापन गर्नुपर्छ ।’
२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको