June 8, 2017

प्रदेश नं १ मा स्थानीय निर्वाचनको तयारी दु्रतगतिमा

मोरङ । आगामी असार १४ गते हुने स्थानीय निर्वाचनको तयारी युद्धस्तरमा भइरहेको पूर्वाञ्चल क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलका अनुसार प्रदेश नं १ मा रहेका १४ जिल्लाका १३७ गाउँपालिकामा स्थानिय निर्वाचन हुनेछ ।

पूर्वाञ्चल क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख सञ्जेलका अनुसार कोसी पूर्वका १४ जिल्ला समेटिएको प्रदेश नं १ मा तीन उपमहानगरपालिका, ४६ नगरपालिका र ८८ वटा गाउँपालिका छन् । ती स्थानीय तहमा एक हजार १५७ वडा छुट्याइएको छ ।

असार १४ गते हुने निर्वाचनका लागि २६ लाख ७४ हजार ५५७ मतदाताको नामावली प्रकाशित गरिएको छ । एक हजार ८६२ मतदानस्थल रहेको प्रदेश नं १ मा तीनहजार ४६० मतदान केन्द्र तोकिएको छ ।

यस प्रदेश अन्तर्गत मोरङ जिल्लामा एक उपमहानगरसहित आठ गाउँपालिका र आठ नगरपालिका छन् भने १५९ वडा तोकिएको छ । मोरङपछि दोस्रो बढी मतदाता रहेको जिल्ला झापा हो । झापामा पाँच लाख १० हजार २१३ मतदाता छन् । आठ नगरपालिका र नौ गाउँपालिका रहेको झापा जिल्लामा १३१ वडा विभाजन गरिएको छ । त्यस्तै, दुई उपमहानगरसहित छवटा गाउँपालिका र चारवटा नगरपालिका रहेको सुनसरी तेस्रो बढी मतदाता भएको जिल्ला हो । १२४ वडा रहेको सुनसरीमा चार लाख २१ हजार १५९ मतदाता छन् ।

प्रदेश नं १ मा रहेका जिल्लामध्ये सबैभन्दा बढी मोरङ जिल्लामा पाँच लाख ६३ हजार ८७० मतदाता रहेका छन् । त्यसैले मतपत्र गनेर प्याक गर्ने काम धमाधम भइरहेको मोरङका मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले बताउनुभयो ।

क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख सञ्जेलका अनुसार सबैभन्दा कम तेह्रथुम जिल्लामा ६० हजार ७०४ मतदाता रहेका छन् । ९५ हजार ३६७ मतदाता रहेको धनकुटा जिल्लामा तीन नगरपालिका र चार गाउँपालिका रहेका छन् ।

त्यस्तै, एकलाख ८९ हजार २७४ मतदाता रहेको इलाम जिल्लामा १० वटा स्थानीय तह छन् जसमा चार नगरपालिका र छवटा गाउँपालिका छन् । ९६ हजार ६५७ मतदाता रहेको सङ्खुवासभा जिल्लामा १० वटा स्थानीय तह छन् । ७६ वटा वडा रहेको सङ्खुवासभामा पाँच नगरपालिका र पाँच गाउँपालिका रहेका छन् ।

यसैगरी, तेह्रथुम जिल्लामा ६० हजार ७०४ मतदाता रहेका छन् भने दुई नगरपालिका र चार गाउँपालिका रहेको यस जिल्लामा ४३ वडा छन् । आठवटा स्थानीय तह रहेको पाँचथर जिल्लामा एक लाख १६ हजार ६२६ मतदाता छन् । एउटा नगरपालिका रहेको पाँचथर जिल्लामा ६० वटा वडा तोकिएको छ ।

त्यस्तै, एक नगरपालिकासहित आठवटा स्थानीय तह रहेको ताप्लेजुङ जिल्लामा ७० हजार ७७८ मतदाता छन् । सो जिल्लामा ६१ वडा निर्धारण गरिएको छ । नौवटा स्थानीय तह रहेको भोजपुर जिल्लामा एकलाख पाँच हजार ५५३ मतदाता रहेका छन् । दुई नगरपालिका र सात गाउँपालिका तोकिएको भोजपुरमा ८१ वटा वडा रहेका छन् ।

एक नगरपालिकासहित सात गाउँपालिका रहेको सोलुखुम्बु जिल्लामा ६१ हजार ७४६ मतदाता रहेका छन् । सोलुखुम्बुमा ५२ वटा वडा विभाजन गरिएको छ । ९१ हजार ५०८ मतदाता रहेको ओखलढुङ्गा जिल्लामा आठवटा स्थानीय तहमा ७५ वटा वडा निर्धारण गरिएको छ भने एक लाख १५ हजार ६४४ मतदाता रहेको खोटाङ जिल्लामा एक नगरपालिकासहित आठवटा स्थानीय तह छन् ।

यसैगरी, एकलाख ७५ हजार ४६१ मतदाता रहेको उदयपुर जिल्लामा चार नगरपालिका र चार गाउँपालिकामा ७५ वटा वडा विभाजन गरिएको छ । चुनावको सबै तयारी पूरा भएपनि पटक पटक चुनाव सर्दा चुनाव हुने वा नहुने भन्ने अन्योल कायमै रहेपनि मुलुकको विकासका लागि चुनाव गराउनैपर्ने सर्वसाधारणको भनाइ रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको