नगर कार्यपालिकामा एमाले-माओवादी गठबन्धन विजयी

Cpnuml-Maoistमुगु १९ जेठ । छायानाथ रारा नगरपालिकाका लागि आज भएको नगर कार्यपालिकाको निर्वाचनमा नेकपा एमाले–नेकपा माओवादी केन्द्र संयुक्त समूहका उम्मेदवार विजयी भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय गमगढीका अनुसार नगर कार्यपालिकामा महिलाबाट पञ्चकला रावल, गौरीकला चौलागाईं, सीमाकुमारी सुनार, हरिनी नेपाली र हजरकला कामी एमालेबाट तथा दलित वा अल्पसङ्ख्यकबाट माओवादी केन्द्रका कर्णबहादुर कुलाल, दानसिं कामी र नौलासिंह कामी विजयी भए ।
उता मुगम कार्मारोङ गाउँपालिकाको गाउँ कार्यपालिकामा छ वटै पदमा पूरै एमालेको समूह निर्वाचित भएको छ भने खत्याड गाउँपालिकामा मिश्रित परिणाम आएको छ । त्यहाँ माओवादी केन्द्र र एमालेका दुई दुई तथा काँगे्रस र परिवार दलका एक एक जनाले विजय हासिल गरेका छन् । सोरु गाउँपालिकामा शनिबार कार्यपालिकाको निर्वाचन हुँदैछ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

रास्वपाको पाँचबुँदे प्रस्तावमा छलफल नहुने – भट्टराई

काठमाडौं, जेठ २८ । सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाँचबुँदे प्रस्तावमा

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास