May 14, 2017

कुन नेताले कहाँ खसाल्छन् भोट ?

वैशाख ३१, काठमाडौं – निर्वाचनमा विभिन्न पार्टीका शिर्ष नेताले मतदान गर्ने भएका छन् । आजको नागरिकमा खबर छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल : चितवनको भरतपुर महानगरपालिका ४ शिवनगरस्थित लक्ष्मी मावि लंखु मतदान केन्द्र ।
कांग्रेस सभापति शेरबहादुर देउवा : पहिलो चरणको चुनावमा सहभागी हुने छैनन् । मतदाता नामावलीमा उनको नाम डडेलधुराको गन्यापधुरा गाउँपालिका १ मा छ । दोस्रो चरणको निर्वाचनमा उनी डडेलधुरा जानेछन् ।

एमाले अध्यक्ष केपी ओली : मतदाता नामावलीमा उनको नाम सूर्यविनायक नगरपालिका २ बाल्कोटमा छ । उनले बाल्कोटमा मतदान गर्नेछन् ।

रामचन्द्र पौडेल : तनहुँको व्यास नगरपालिका २ को सत्यदेवी उच्च मावि मतदान केन्द्रमा मतदान गर्नेछन् ।
शशांक कोइराला : काठमाडौं भ्याली मतदान केन्द्रमा मतदान गर्नेछन् ।
प्रकाशमान सिंह : काठमाडौं महानगरपालिका १६ क्षेत्रपाटीबाट मतदान गर्नेछन् ।

एमाले नेता माधव कुमार नेपाल : रौतहटको गौर नगारपालिकामा दोस्रो चरणको निर्वाचनमा सहभागी हुनेछन् ।
इश्वर पोखरेल : उनको नाम टोखा नगरपालिका ६ मा छ ।
बामदेव गौतम : दोस्रो चरणको निर्वाचनमा गौतम बर्दियाको बासगढीको त्रिभुवन उच्च माविम मतदान गर्नेछन् ।

माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ : उनको नाम गोरखाको जौबारी गाउँपालिकामा छ । उनले गोरखामा मतदान गर्नेछन् ।
रामबहादुर थापा : चितवनको रत्ननगर नगारपालिका टाँडीमा मतदान गर्नेछन् ।
देव गुरुङ : मनाङको नामस गाउँपालिकामा मतदान गर्नेछन् ।
पम्फा भुषाल : ललातिपुर महानगरपालिकामा मतदान ।

राप्रपा अध्यक्ष कमल थापा : हेटौंडा काट मतदानमा सहभागी हुनेछन् ।
पशुपति शमशेर राणा : सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका २ बाट मतदान गर्नेछन् ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव : दोस्रो चरणको निर्वाचनमा सहभागी हुनेछन् । उनको नाम सुनसरीको मधुवनमा छ ।

प्रधानन्यायाधीश सुशीला कार्की(विराटनगर) र सभामुख ओनसरी घर्ती मगर (रोल्पा) दोस्रो चरणको निर्वाचनमा सहभागी हुनेछन् ।

उपराष्ट्रपति नन्दबहादुर पुनले मतदान नगर्ने भएका छन् । उनको नाम रोल्पाको दुइृखुइले गाउँपालिका २ मा छ ।
राष्ट्रपति बिद्या भण्डारी श्रीलंका भ्रमणमा छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका