अख्तियार दुरुपयोग अनुसन्धान आयोगप्रति विश्वास जाग्न थाल्यो

११ असार २०८१, काठमाडौँ  । नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्याललगायत विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको अभियोगमा मुद्दा दायर भएपछि विभिन्न कोणबाट समाजमा चर्चा परिचर्चा भईरहेको छ । नेपालको इतिहासमा मुख्य सचिवविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरिएको यो नै पहिलो हो । यसअघि बहालवाला सचिवविरुद्ध पनि मुद्दा चलाइसकिएको छ । अख्तियारले साना कर्मचारीले गरेका सामान्य भ्रष्टाचारजन्य कार्यलाई मात्र देख्छ, ठुलालाई छुने आँटै गर्दैन भन्ने भाष्य खडा गरिएको मात्र नभई ‘साना माछा र ठुला माछा’ को उपमा दिने गरिएको छ ।

पछिल्लो चरणमा भने राजनीतिक व्यक्तित्व, उनीहरूका परिवारका साथै उच्चपदस्थ कर्मचारीलाई पनि कैफियत देखिएको खण्डमा कानुनी दायरामा ल्याउने आँट अख्तियारले गर्ने रहेछ भन्ने आमनागरिकमा विश्वास जगाएको छ । अख्तियारले डा. अर्यालविरुद्ध आर्थिक वर्ष २०७८/७९ मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव रहँदा गरेको आर्थिक अनियमितताको विषयलाई लिएर विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

विसं २०८० असार २ गते सेवाबाट निवृत्त हुनै लागेका डा. अर्याल दुई दिनअघि (जेठ ३२ गते) मुख्य सचिवमा नियुक्त हुनु भएपछि भाग्यमानीका रूपमा कर्मचारीवृत्तमा चर्चामा हुनुहुन्थ्यो । अन्तःशुल्क स्टिकर छपाइमा भएको अनियमिततामा उहाँसहित अन्य १२ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेपछि स्वतः निलम्बनमा पर्नुभएको छ । यस कार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगप्रति नेपाली जनताको विश्वास जागेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

राहदानी वितरणमा हट्यो कोटा

मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

नाम, जन्ममिति र विवाह दर्ता लगायतका व्यक्तिगत विवरण सच्याउने बाटो खुल्याे

 कात्तिक २६, काठमाडौँ। सरकारले व्यक्तिगत घटना दर्ता नियमावली, २०७७ संशोधन गर्ने निर्णय गरेको छ। सोमबार

मुलुकको समृद्धि श्रमबाट मात्रै सम्भव छ : अध्यक्ष साम्पाङ

कात्तिक  १९, फिदिम, । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले श्रमको मूल्य र संस्कृतिको प्रसारबाट

बडादसैँ आजदेखि सुरु, घरघरमा घटस्थापना

काठमाडौँ, असोज ६ ।हिन्दूहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल