माओवादीको खिया लागेको हतियारको धम्कीले जनता डराउदैनन : अध्यक्ष ओली

३० फागुन,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानव अधिकार हननको विषय उठाउँदा माओवादीले खिया लागेको हतियारको धम्की दिने गरेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित मानव अधिकारसम्बन्धी कार्यक्रममा बोल्दै पूर्वप्रधनामन्त्री अ‍ोलीले माअ‍ोवादीले द्वन्द्वकालमा भएका मानव अधिकार उल्लंघनका विषयमा कुरा उठाउँदा बन्दुकको धम्की दिएको बताएका हुन्।

‘नेपालको राजनीतिको एउटा पक्ष यस्तो छ, जसले मानव अधिकार आयोगलाई घेराबन्दी गर्छन्, तर्साउँछन्। हाम्रा खुकुरीमा खिया लागेका छैनन्। हाम्रा बन्दुकमा खिया लागेको छैन। हाम्रो बन्दुकको कार्तुस ओसिएको छैन, चल्छ अहिले पनि भन्छन्। हाम्रा हात पाखुरा लाठी चलाउन सक्ने छन् भन्छन्। खुट्टा याद राख्नु भन्छन्,’ उनले भने।

सत्तामा रहेको पार्टीले आतङ्ककारी क्रियाकलाप गरिरहेको छ । बन्दुक खिएको छैन भनेको के ? सत्तामा हुने अर्कोतिर आतङ्ककारी क्रियाकलाप पनि गर्ने ? यस स्थितिलाई फेर्न हामीसँग मानव अधिकारको पक्षमा काम गर्ने मानव अधिकार आयोग छ। यस देशमा मानव अधिकारको पक्षमा चाहे पनि नचाहे पनि उसको कुरा मिल्छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यसरी तोकियो सहकारीमा बचतको सीमा

पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

निजी संस्थाको भ्रष्टाचार छानबिन

यज्ञप्रसाद भट्टराई  ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

कोप-२९ मा हिमाली क्षेत्रमा परेको प्रभावलाई स्पष्ट राख्न सासदको राष्ट्रपतिलाई सुझाव

२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा