संसद भवन नयाँ बानेश्वरमा सत्ता गठबन्धनको बैठक सुरु


११ पुस,काठमाडौं । नयाँ बानेश्वर स्थित संसद भवनमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।

नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको नेतृत्वको सरकारलाई समर्थन गरेका ७ दलको शिर्ष नेताहरू सहित बैठक सुरु भएको हो ।

गठबन्धनमा एमाले र माओवादीसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी,नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी छन् । यस्तै स्वतन्त्र सांसदहरू अमरेशकुमार सिंह र प्रभु साहले पनि सरकारलाई समर्थन गरेका छन् ।

बैठकमा दलहरूबीच मन्‍त्रालय बाँडफाँडका विषयमा छलफल हुँने बुझिएको छ । माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्ती भएसँगै दलहरूले मन्‍त्रालयको भागबन्डा गर्ने तयारी गरेका हुन् । आज अपरान्ह ४ बजे दाहालसहित नवनियुक्त मन्‍त्रीहरूले राष्ट्रपति निवासमा शपथ लिने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

निजी संस्थाको भ्रष्टाचार छानबिन

यज्ञप्रसाद भट्टराई  ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

कोप-२९ मा हिमाली क्षेत्रमा परेको प्रभावलाई स्पष्ट राख्न सासदको राष्ट्रपतिलाई सुझाव

२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा