२० कार्तिक,भक्तपुर । आगामी मङ्सिर ४ गते हुने निर्वाचनको लागि भक्तपुर निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार,पुर्व मन्त्री एवं एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले आज सांझपखको घरदैलो दधिकोटमा सम्पन्न गर्नुभएको छ ।
भक्तपुर निर्वाचन क्षेत्र नं. २ प्रदेश (क) मा पर्ने सुर्यविनायक नगरपालिका वडा नं. ४ दधिकोटमा प्रतिनिधिसभा सदस्य उम्मेदवार बस्नेत सहित प्रदेश (क) का उम्मेदवार किरण थापा र समानुपातिक उम्मेदवार सकुन्तला श्रेष्ठ लाई चोक-चोकमा स्वागत गर्न बसेका जेष्ठ नागरिकहरुले’विजय भवतु’भन्दै आशीर्वाद दिएका थिए ।
ग्लोबल गेटबाट शुरु भएर दक्षिणबाराही,ल कलेज हुँदै हिन्चोक भैरव बाट गाम्चा हुँदै तर्खगालमा पुगेर सम्पन्न भएको घरदैलोमा युवहरुको उल्लेख्य उपस्थिति रहेको थियो भने महिला तथा जेष्ठ नागरिकहरू समेत ‘मङ्सिर चार ओलि सरकार’ भन्दै झण्डा बोकेर घरदैलो अभियानमा सहभागी भएका थिए । त्यस्तै,प्रत्येक चोक-चोकमा स्थानीय मतदाताहरुले रोकेर फुल मालले अभिनन्दन गर्दै आ-आफ्नो टोलमा स्वागत गरेका थिए । घण्टौं माला लिएर उभिएर उम्मेदवार बस्नेतलाई स्वागत गर्न प्रतीक्षा गरिरहेका जेष्ठ नागरिकहरुको प्रतीक्षा तथा खादा मालाले अभिनन्दन गरिसकेकपछी”विजय भवतु” भन्दै आशीर्वाद दिएको दृश्य कार्यक्रमको मुख्य आकर्षण रहेको थियो ।
‘घरदैलो कार्यक्रमको आयोजक एवं नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटी सदस्य सहदेव न्यौपानेले भन्नुभयो’महेश बस्नेत भनेको आधुनिक भक्तपुरको निर्माता हो । पांच वर्ष अगाडिको भक्तपुरलाई सम्झंदा अहिलेको भक्तपुर आधुनिक भक्तपुरनै हो । त्यसैले आधुनिक भक्तपुरको सपना साकार बनाउन नेता बस्नेत सहितको टिमको लागि सुर्यविनायक वडा नं. ४ दधिकोटबाट ८० प्रतिशत मत खस्ने नेता न्यौपानेले बताउनुभयो ।’
कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय सदस्य निर्मल कुमार भट्टराई, बागमती प्रदेश सदस्य शशी जंग थापा, राजेन्द्र राजथला, जिल्ला अध्यक्ष बचन देउजा, जिल्ला तहका नेता,जनवर्गीय संगठनका नेता तथा कार्यकर्ता एवं स्थानीय सर्वसाधारण हरुको भब्य उपस्थिति रहेको थियो ।
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली
यज्ञप्रसाद भट्टराई ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा