१६ कार्तिक,काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि कात्तिक १७ गतेदेखि निर्वाचन प्रचारप्रसारको अर्को चरण शुरु हुने भएकोले निर्वाचन आचारसंहिता, २०७९ ले राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्य गर्दा पालना गर्नपर्ने आचरणको व्यवस्था गरेको छ ।
यस अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसार अन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था रहेको हुँदा कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म सोहीबमोजिम राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचारप्रसार गर्न सक्ने व्यवस्था गरिएको छ । यस सन्दर्भमा आज निर्वाचन आयोगले निर्वाचन आयुक्त, निर्वाचन आयुक्तहरु, आयोगको सचिवसमेतको उपस्थितिमा पत्रकार सम्मेलन गरी थप स्पष्ट पारेको छ ।
पत्रकार सम्मेलनमा पत्रकारहरूको प्रश्नको जवाफका क्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको निष्ठालाई जोगाएर आचारसंहिताको पालना गर्न दल र उम्मेदवारलाई आग्रह गर्नुभयो । आयोगले आचारसंहिता कार्यान्वयन तथा अनुगमनमा विभिन्न संयन्त्रहरू परिचालन गरिरहेको उल्लेख गर्दै उहाँले दल तथा उम्मेदवारहरूलाई आचारसंहिता पालना गरेर त्यस्ता संयन्त्रहरू प्रयोजनहिन सावित गरिदिनसमेत आग्रह गर्नुभयो ।
आचारसंहिता उल्लघंनका विषयमा हालसम्म ७१ वटा उजुरी परेको उल्लेख गर्नुहुँदै उहाँले ती स्पष्टीकरणहरूका लागि आएको जवाफको अध्ययन गर्ने तथा तथ्य जुटाउने क्रम जारी रहेको बताउनुभयो । उहाँले आयोगका निर्णय र कारबाहीबारे अदालतमा मुद्धा जाँदा पनि आयोगको निर्णय सदर हुने गरी सोचिरहेको स्पष्ट गर्नुभयो । निर्वाचन आयोगको प्रेस बिज्ञप्ति:
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली
यज्ञप्रसाद भट्टराई ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा