२७ असोज,काठमाडौं । निर्वाचन प्रयोजनको लागि निर्वाचन आचारसंहिता २०७९ लागु भैसकेकोले राजनीतिक दल र उम्मेदवार सम्बन्धि मत सर्वेक्षण गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।
बिहीवार निर्वाचन आयोगका साहायक प्रवक्ता एवं उपसचिव कमल भट्टराई द्धारा हास्ताक्षरित एक बिज्ञप्ति मार्फत आयोगले यस्तो जनाएको हो ।
विभिन्न राजनीतिक दल र उम्मेदवारहरुको सम्बन्धमा मत सर्वेक्षण गरेको तथा त्यसको नतिजा सार्वजनिक गरेको निर्वाचन आयोगको अनुगमनबाट पाईएकोले निर्वाचन आचारसंहिता २०७९ को दफा ४ (त) मा उम्मेदवारको मनोनयनदर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मतपरिणामका सन्दर्भमा कुनै मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न नपाईने स्पष्ट व्यवस्था गरिएको कारण मत सर्वेक्षण गर्न अथवा परिणाम घोषणा नगर्न निर्वाचन आयोगले सुचित गरेको छ ।
यदि उल्लेखित व्यवस्थाका विपरीत कोहि कसैले कार्य गरेमा कानुन बमोजिम कार्वाही हुने पनि आयोगले बताएको छ।
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो