जिफन्टको आयोजनामा मर्यादित कामको लागि बिश्व दिवस विशेष कार्यक्रम सम्पन्न


२१ असोज,काठमाडौं । नेपाल ट्रेडयुनियन महासंघ (जिफन्ट) को आयोजनामा ‘कानुन स्वेच्छिक हुंदैन,अनिवार्य कार्यान्वयन गर’ भन्ने मुल नाराका साथ मर्यादित कामको लागि बिश्व दिवस विशेष कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रवार जिफन्टको केन्द्रीय कार्यालय मनमोहन भवन बागबजारमा कार्यक्रम सम्पन्न भएको हो । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं जिफन्टको केन्द्रीय अध्यक्ष बिनोद श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सन २००७ मा बिश्वब्यापी रुपमा भियाना कन्फ्रेन्स मार्फत सुरु भएको यो कार्यक्रम जिफन्टले सन २००८ देखि आजकै दिन बार्सिक रुपमा विशेष कार्यक्रम गर्दै मानाउंदै आएको छ ।

‘सुरक्षित काम,न्यायोचित ज्याला,रोजगारी र काम गर्ने स्थान सबैको मेन्टेन भएमात्रै मान्छेको स्वास्थ्य पनि राम्रो हुन्छ र उचित र मर्यादित काम गर्न सकिन्छ । त्यही कुरालाई स्मरण गर्न र गराउन यो कार्यक्रम आयोजना गरिएको जिफन्टको उपमहासचिव कमला तामाङले बताउनुभएको छ । त्यस्तै योगदानमा आधारित सामाजिक सुरक्षा लागू गर्न सम्पुर्ण ट्रेडयुनियनहरु इमानदारीताका साथ लाग्नुपर्ने यसका लागी जिफन्टले धेरैनै पहल गरिरहेको पनि उहाँले बताउनुभएको छ । ‘
‘योगदानमा आधारित सामाजिक सुरक्षाले मान्छेको शिक्षा,स्वास्थ,बालबालिकाको लागि तथा बृद्धाअवस्थामा पेन्सनको रुपमा साहायता गर्दछ । त्यसैले मर्यादित कामको लागि सामाजिक सुरक्षालाई पनि लागू गर्नुपर्दछ । महङ्गी व्यापक रुपमा बढ्दै गएको छ । महङ्गी बढेको विभिन्न कारणहरु देखाउने तर श्रमिकहरुको ज्यालाको प्रणालीमा भने कुनै सुधार नभएको कारणले मर्यादित जीवन ज्युन कठिन परेको छ । त्यसैले न्यायोचित ज्यालाको लागि सरकारले पहल गर्न जरुरी रहेको उपमहासचिव तामाङको भनाइ रहेको छ ।’

कार्यक्रममा जिफन्टको उपाध्यक्ष रमेश बडाल,बिदुर कार्की,जितेन्द्र श्रेष्ठ,उपाध्यक्ष एवं जिफन्ट महिला कमिटी अध्यक्ष सीता लामा लगाएतको विशेष उपस्थिति रहेको थियो भने महासचिव लक्ष्मण शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यसरी तोकियो सहकारीमा बचतको सीमा

पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले

आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो

चितवन, कात्तिक ३० गते । नेपालमा बाहिरबाट आउने महको आयात रोकिएसँगै यहाँका किसानले उत्पादन गरेको महले

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा