दुबईमा दर्जनौं युवाहरूलाई अलपत्र पार्ने मेनपावरलाई कार्वाही प्रक्रिया शुरु


२८ भदौ,काठमाडौं ।
बिगत ६ महिनादेखि दुबई पुर्‍याएर दर्जनौं युवाहरुलाई अलपत्र पार्ने काठमाडौंको सिनामंगलमा रहेको Leading Foreign Recruitment Pvt.ltd नाम गरेको मेनपावरलाई वैदेशिक रोजगार बिभागले कार्वाही प्रक्रिया अगाडी बढाएको छ।

पिडितको आफन्तहरुले गत सोमबार बिभागमा दिएको निवेदनको आधारमा सोमबारनै Leading Foreign Recruitment Pvt.ltd लाई तीन दिन भित्र लिखित जवाफ सहित बिभागमा उपस्थित हुनको लागि पत्राचार गरेको हो।

Leading Foreign Recruitment Pvt.ltd ले ६ महिना अघि दर्जनौं युवाहरुसंग २ लाख ५० हजार देखि ३ लाख ५० हजार सम्म रकम लिएर,युयईमा रहेको UPLIFT DELIVERY SERVICES भन्ने कम्पनीको करार पत्रमा सम्झौता गराएर प्रतिब्यक्ती २७ सयदेखि ३ हजार दिराम पारिश्रमिक दिलाउने प्रलोभन देखाएर दुबई पठाएको थियो।

‘युयईमा अलपत्र पीडितरुको परिवारले दिएको उजुरीका समन्धमा आजका मितिले ३ दिन भित्र बिभागलाई निवेदकको माग दावीको समन्धमा वैदेशिक रोजगार ऐन,०६४ को दफा ३५(१) बमोजिम उक्त संस्थाले करारको दायित्व पूरा गरेको वा करारमा उल्लेख शर्त पूरा गराउन आवश्यक र उपयुक्त कार्वाही/पहल गरेको स्पष्ट खुल्ने प्रमाण समेत संलग्न राखी लिखीत जवाफ सहित उपस्थित हुन निर्देशन अनुसार अनुरोध छ।अन्यथा कानुन बमोजिम हुने ब्यहोरा समेत जानकारी गाराईन्छ।’ चिठिमा लेखिएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका