माओवादी केन्द्रमा पहिरो,तीन सय भन्दा बढी नेताकार्यकर्ता एमाले प्रवेश

६ भदौ,काठमाडौं ।
चौतरा सांगाचोकगढी नगरपालिकाका पुर्व मियेर तथा नेकपा(माओवादी)केन्द्रका बैकल्पिक केन्द्रीय सदस्य अमानसिं तामाङको नेतृत्वमा तीन सय भन्दा बढी नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन।आज नेकपा एमाले केन्द्रीय कार्यालय च्यासल ललितपुरमा एक कार्यक्रमको आयोजना गर्दै उनिहरु एमालेमा प्रवेश गरेका हुन।

पुर्व मियेर तामङ सहित बागमती प्रदेश कमिटी सदस्य तथा बलेफी गाउंपालिका इन्चार्ज आङ छिरी शेर्पा,निवर्तमान गाउंपालिका उपाध्यक्ष तथा जि.स.स सदस्य दावुटी शेर्पा,भोटेकोसी गाउंपालिका वडा नं.३का अध्यक्ष निमा सोना शेर्पा,चौतारा सांगाचोकगढी नगरपालिका वड नं.९ का पुर्व अध्यक्ष तथा प्रदेश कमिटी सदस्य बिष्णु लामा सहित चौतारा सांगाचोकगढी नगरपालिका र बलेफी गाउंपालिकाका ६० प्रतिशत जिल्ला सचिवालय र जिल्ला कमिटी सदस्यहरु सहितको टिम एमालेमा प्रवेश गरेका हुन।

नवप्रवेसी हरुलाई नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओली,महासचिव शंकर पोखरेल,स्थाई कमिटी सदस्य अमृत बोहरा,स्थाई कमिटी सदस्य एवं पुर्व मन्त्री शेर बहादुर तामाङ,पुर्व मन्त्री एवं केन्द्रीय सदस्य दावा तामाङ लगाएतले स्वागत गर्नुभएको थियो।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

निजी संस्थाको भ्रष्टाचार छानबिन

यज्ञप्रसाद भट्टराई  ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

कोप-२९ मा हिमाली क्षेत्रमा परेको प्रभावलाई स्पष्ट राख्न सासदको राष्ट्रपतिलाई सुझाव

२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा