काठमाडौँ, ७ साउन । नागरिकतासम्बन्धी विवादास्पद विधेयक प्रतिनिधि सभाबाट गठबन्धन सरकारले पारित गरेको छ ।
शुक्रबार दिनभरको छलफलपछि प्रतिनिधि सभाले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित गरेको हो । प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न विवाहपछि नेपालमा लगातार ७ वर्ष बसोबास गरेको हुनुपर्ने व्यवस्था गरेको थियो । तर, अहिले त्यो प्रावधान हटाइएको छ ।
सो प्रावधान हटाएपछि अब विदेशी दुलहीले नेपालमा तत्काल नागरिकता पाउने अवस्था देखिएको छ । राजनीतिक स्वार्थका कारण प्रतिनिधि सभामा छलफल हुँदै सहमति नजुट्दा संसदमा नै अड्किएको नागरिकतासम्बन्धी विधेयक गठबन्धन सरकारले राजनीतिक स्वार्थ पुरा गर्न पारित गरेको हो ।
प्रधानमन्त्री शेर बहादुरको श्रमिती आरजु र प्रचण्डको भर्खरै भएको भारत भ्रमणलाई लिएर आगामी चुनाबमा सत्ता गठबन्धनको रणनीति रास्ट्र र रास्ट्रियताको साथै सार्वभौम जनताको सपना ध्वस्त पार्ने हदैसम्मको गैरराजनीतिक कदमको एउटा उदाहरण नागरिकता विधेयक पारित गर्ने सम्बन्धमा भएको खेल हो र यो महाभुल अक्ष्यम्य हुने भन्ने बहस यतिखेर नेपाली समाजमा चर्चाको विषय बनेको छ ।