काठमाडाैं, बैशाख १२ः राजस्व अनुसन्धान विभागले विभिन्न कम्पनीमार्फत नक्कली बीजक तयार पारी १८ करोड रुपैयाँ बढी राजस्व छली गरेको आरोपमा ती कम्पनीका सञ्चालक तथा साझेदारविरुद्ध मुद्दा चलाएको छ।
विभागले काठमाडौँ महानगरपालिका १३ बाफल बस्ने शुभलक्ष्मी इन्टरनेशनलका प्रोपाइटर तथा गणपति ट्रेड लिङ्क, एचवी ट्रेड एण्ड सम्लायर्स र एमके इन्टरनेशनलसमेतका मुख्य कारोबारी मनिषकुमार अग्रवाल, सोही ठाउँ बस्ने एचवि ट्रेड एण्ड सप्लायर्सका साझेदार तथा गणपति ट्रेड लिङ्का खाता सञ्चालक र एमके इन्टरनेशनलको कारोबारमा संलग्न हितेषकुमार अग्रवालविरुद्ध मुद्दा दायर गरेको हो।
यस्तै एमके इन्टरनेशनलका प्रोपराइटर प्रमित महर्जन, एचवी ट्रेड एण्ड सप्लायर्सका साझेदार विमल अग्रवाल र सोही ठाउँ बस्ने गणपति ट्रेड लिङ्कका प्रोपराइटर दीपेन्द्रकुमार अग्रवालविरुद्ध पनि आइतबार मुद्दा दायर गरिएको विभागले जनाएको छ।
शुभलक्ष्मी इन्टरनेशनलसमेतका कम्पनीले राजस्व चुहावट गर्ने मनसायस्वरुप नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि करको विजक किनेर वित्तीय विवरण तथा आय विवरण तयार पारी आयकर ऐन, मूल्य अभिवृद्धि कर ऐन तथा नियम बमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावटको गरेको फेला परेको विभागले एक सूचना जारी गरी जनाएको छ। उनीहरुले राजस्व अनुसन्धान (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (पहिलो संसोधनसहित)को दफा ३ ले निषेधित गरेको र सोही ऐनको दफा ४(क), (च) र (झ) बमोजिमको कसुर गरेको विभागले दाबी गरेको छ।
अनुसन्धान गर्दा रु १८ करोड ५ लाख ६८ हजार विगो बराबरको राजस्व छली गरेको पाइएको उल्लेख गर्दै विभागले विगो असुल गरी शत प्रतिशत जरिवाना तथा कैद सजायको मागदाबी गरेको छ।
फागुन १५ , काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मर्यादाहरु ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने र
फागुन ९,ललितपुर । पत्रकारिता क्षेत्रमा लामो समयदेखि कार्यरत पत्रकार तथा वक्ताहरुले पत्रकारिताको माध्यमबाट हरेक क्षेत्रमा भएका
फागुन ५, काठमाडौं । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ ।
काठमाडौं, माघ २८ गते । राष्ट्रियसभाको आजको बैठकले ‘मिडिया काउन्सिल विधेयक–२०८०’ पारित गरेको छ ।
काठमाडौँ, माघ १७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारका
२०८१, माघ ९ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्वव्यापी स्वास्थ्य एजेन्सीबाट बाहिरिने संयुक्त राज्य अमेरिकाको