काठमाडौँ, ७ फागुन : पाँच दलीय सत्ता गठबन्धन अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा अनिर्णीत बन्दै गएको छ । गठबन्धन आबद्ध दलहरूबीचको पटकपटकको बैठकमा हमति नजुट्दा गठबन्धनभित्रबाटै एमसीसीको ‘गाँठो’ फुक्न सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने सत्तारूढ दलको निर्णयको पर्खाइमा छ ।
तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले ५ पुस २०७७ र ८ जेठ २०७८ मा गरी दुईपटक प्रतिनिधिसभा विघटन गरेपछि पछिल्लोपटक विघटनविरुद्ध गत जेठमा पाँच दलीय सत्ता गठबन्धन बनेको थियो । तर, एमसीसी परियोजना संसद्बाट अनुमोदन गर्ने विषयसम्म आइपुग्दा नौ महिनामा नै गठबन्धनको भविष्य अन्योलमा परेको छ । एमसीसीले गठबन्धनमा सहमतिभन्दा विमतिको गाँठो कसिलो बनाएको छ ।गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस जसरी पनि संसद्बाट एमसीसी अघि बढाउने पक्षमा छ । प्रधानमन्त्री शेरबहादुर देउवा सोही रणनीतिअनुसार गठबन्धनका अन्य दलहरूमाथि निरन्तर दबाब बढाउँदै छन् भने कांग्रेसले एमसीसीका पक्षमा उभिने निर्णय नै गरिसकेको छ ।
तर, गठबन्धनमा आबद्ध दल नेकपा माओवादी केन्द्रले एमसीसीविरुद्ध सबैभन्दा चर्काे आवाज निकालिरहेको छ । माओवादीले गत बुधबार बसेको स्थायी कमिटी बैठकबाट नै एमसीसीविरुद्धमा उत्रने निर्णय गरेको थियो । उसले संशोधनबिना एमसीसी अघि बढाउनै नसकिने बताउँदै आइरहेको छ । यस्तै, गठबन्धनको अर्को घटक नेकपा एकीकृत समाजवादीले भने एमसीसीका विषयमा शुक्रबारसम्म सहमति नजनाए पनि सहमतिको संकेत देखाउँदै आएको छ ।
२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद
बुधबार, जेठ २८ काठमाडौँ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ४ वर्ष अघि संवैधानिक
काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको
जेठ २६,काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गृह मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन
जेठ २२, काठमाडाैँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसहित ९३
जेठ २०, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्द गरेर