देवप्रकाश त्रिपाठीकाे अध्यक्षतामा एकीकृत शक्ति नेपाल राजनीति पार्टी घोषणा

काठमाडौं, भदाै १५ः पत्रकार देवप्रकाश त्रिपाठीले नयाँ राजनीति पार्टी घोषणा गरेका छन् ।  हिन्दू धर्म सापेक्ष मुलुक बनाउनुपर्ने मूल एजेन्डासहित एकीकृत शक्ति नेपाल नामको नयाँ संगठन घोषणा भएका हुन ।

हाल ३५ जनाको केन्द्रीय कमिटि रहेको र केहि समयपछि यो संगठन पार्टीमा रुपान्तरित हुने यस संगठनका संयोजक तथा अध्यक्ष त्रिपाठीले बताए । उनले भने, यो देशव्यापी संगठन बनाउने र राजनीतिक दलको रुप दिने गरि संरचना बनाएका छौं ।’

उनले भने, ‘काेइराला परिवारसँग जोडिएकी विपी कोइरालाकी नातिनी प्रकाश कोइरालाको छोरी अभिनेत्री मनिषा कोइरालाले राजनीतिकमा आउने भएकी छिन ।’ घोषणा सभामा भने मनिषा कोइराला उपस्थित थिइनन्।

उनी चलचित्र सुटिङका लागि भारत गएकी हुनाले घोषणा सभामा उपस्थिति नभएको हो तर हाम्रो संगठनमा आउने पक्का भएको छ अध्यक्ष त्रिपाठीले भने ।

यस्तो छ घोषणापत्र

एकीकृत शक्ति, नेपालको घोषणा पत्र

शान्त, स्थीर र समृद्ध नेपाल हामी नेपाली सबैको साझा सपना हो । वि.सं. १८२५ मा एकीकरणको प्रारम्भिक तर मुख्य कार्य सम्पन्न भएपछिका सतचालिस वर्ष हामीले देशलाई तुल्याउने महाअभियानमा बितायौँ । वि.सं.१८७२ को सुगौली सन्धिपछि एकीकरण अभियानल मात्र लिएन, हाम्रो स्वामित्वमा भएको एक लाख पाँच हजार वर्ग किलोमिटर भू-भाग पनि गुमाउनु पर्यो। यस दृष्टिले नेपाली इतिहासको सर्वाधिक दर्दान्त घटनाका रूपमा सुगौली सन्धि (सन् १८१५ डिसेम्बर)लाई लिन सकिन्छ । त्यस घटनापश्चात नेपालीहरूमा एक प्रकारको निरासा भाव भयो र केही परिवारमा सीमित नेपाली राजनीतिमा सत्ता सङ्घर्षको भद्दा एवम् कुरुप श्रृङ्खलाका शुरुवात हुन पुग्यो । वि.सं. १९०३ मा जङ्गबहादुर राणाको उदय भएपछिका १०४ वर्षसम्म नेपालले राजनीतिक स्थिरताको महसूस गरे पनि प्रजातान्त्रिक दष्टिले उक्त कालखण्डलाई निशाकालका रूपमा बुझिन्छ । यद्यपि राष्ट्रियता सवलिकरणमा भने राणाकाल स्मरणीय बन्यो । सुगौली सन्धिका क्रममा गुमेको कहा भूभाग फर्काउन सक्नु, नेपालको अन्तर्राष्ट्रिय पहुँच स्थापित गर्नु, देशको सीमा सुनिश्चित गरी नक्साङ्कन कार्य सम्पन्न हुनु, पृथ्वीनारायण शाहका नीति व्यवहारको पदचापमा मुलुलाई अघि बढाउन सक्नु, आफनै मुलुकमा हातहतियार तथा गोलिगट्ठा उत्पादन कारखाना स्थापना हुनुलगायतका कैयन महत्वपूर्ण कार्यले राणाकाललाई राष्ट्रियताका दृष्टिले स्मरणीय बनाएको छ।

वि.सं. २००७ को राजनीतिक परिवर्तन सैद्धान्तिक एवम् वैचारिक दृष्टिमा उत्तम र विशिष्ट मानिएको छ र, एउटा पारिवारिक निरङ्कुशताको दासताबाट मुक्त भई प्रजातान्त्रिक पद्धतिमा मुलुक प्रवेश हनलाई हामीले युगान्तकारी परिवर्तन मानेका छौं । तर, २००७ सालको परिवर्तन यता नेपाली राजनीति स्थिर, राष्ट्रोपयोगी र जनहितमुखी बन्न नसकेको यथार्थ हामी व्यहोर्दै छौं । सात दशकअघि उत्पन्न राजनीतिक झमेला र राजनीति केन्द्रित राजनीतिबाट अहिलेसम्म मूक्ति नपाउनु नेपालीजनका निम्ति दर्भाग्यपूर्ण हो । राजा महेन्द्रको शासनकाल राष्ट्रियता र विकासका दृष्टिले उत्तम मानिए पनि २०१७ सालमा उनले चालेको कदमले नेपालको प्रजातान्त्रिक अभ्यासमा पूर्णबिराम लागेको र त्यसपछि अपरिहार्य बनेको प्रजातान्त्रिक आन्दोलनका कारण राजनीतिक र सामाजिक स्थायित्वमा बाधा उत्पन्न भएको यथार्थलाई हामी अस्वीकार गर्न सक्दैनौं । २०४६ सालमा जनता र राजाको सहमतिमा स्थापित प्रजातन्त्र आफैमा उन्नत र नेपालको सन्दर्भमा उपयुक्त भए पनि २०५२ सालमा माओवादीका नाममा शरु भएको प्रजातन्त्रविरुद्धको हिंसात्मक सङ्घर्षले नेपाली जनतालाई प्रजातन्त्रको रसस्वादन गर्ने अवसरबाट वञ्चित तुल्याएको घटना-सन्दर्भलाई भुल्न सकिन्दैन । २०४७ सालमा राजा, नेपाली काङ्ग्रेस र बामपन्थी कम्युनिष्टहरूको साझा दस्तावेजका रूपमा आएको संविधानलाई प्रजातन्त्र र राष्टियताका दृष्टिले समेत उपयुक्त मानिएको हो।

बेलायती मोडलको प्रजातान्त्रिक प्रणाली स्थापना हुँदा हामीले मुलुकमा राजनीतिक विवाद र झमेला अन्त्य भइ स्थिरता, शान्ति र समृद्धिको यात्रा प्रारम्भ हुने विश्वास गरेका थियौं । तर प्रजातन्त्रविरुद्ध माओवादीले शुरु गरेको हिंसात्मक सङ्घर्षले देशको सामाजिक जीवन, आर्थिक उन्नतिका मार्ग र प्रजातन्त्र सवलिकरणलाई क्षविक्षत तुल्याइदियो । प्रजातन्त्रविरुद्ध शुरु गरिएको माओवादीको हिंसात्मक सङ्घर्षलाई बिराम लगाउने क्रममा भएका सम्झौता र बाह्रबँदे सम्झौताको जगमा प्रकटीकरण भएको संविधानले नेपाली राष्ट्रियता तथा राष्ट्रिय एकता र अखण्डतामा गम्भीर चुनौती थपेको हामीले ठानेका छौं । राजनीतिक दलको नेतृत्व, तिनको सोच व्यवहार र अवलम्बन गरिएका नीति र कार्यक्रमले कतै देश असफल राष्ट्रमा रुपान्तरित हुने हो कि भन्ने सन्देह बढाएको छ।

सर्वाधिक उन्नत दाबी गरिएको राजनीतिक प्रणालीमा मुलुकको राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय स्वाभिमान र आमजनताको जीवनस्तर नेपालको इतिहासमै सबभन्दा सङ्कटग्रस्त अवस्थामा पुगेको छ । २०६३ को परिवर्तनपछिका नीति र व्यवहार नेपाली राष्ट्रियता र राष्ट्रिय एकताविरुद्ध लक्षित रहेको महसूस आमजनताले समेत गर्न थालेका छन् । जनताले दैनिक जीवनमा भोग्नुपरेका समस्याप्रति राज्य संयन्त्र र नेपाली राजनीति पूर्ण रूपले बेसरोकार रहँदै आएको महसूस देशवासीहरूले गरिरहेका छन् । संविधानसभाबाट जारी गरिएको वर्तमान संविधान नै मुलुकमा अशान्ति, अस्थिरता र अन्यौलको मूल श्रोत बनेको छ भन्न अब हिच्किचाउनु पर्दैन । यस्तो अवस्थामा विद्यमान संविधानका केही अन्तरबस्तु, नीति, व्यवहार र नेतृत्व यथावत रहँदा मुलुक असफल राज्यमा रुपान्तरित हुनसक्ने विषम परिस्थितिको खतरालाई दृष्टिगत गरी देशका सम्पूर्ण राष्ट्रप्रेमी एवम् देशभक्तहरू एकतावद्ध हुन बिलम्ब गर्नै नहुने निष्कर्शमा हामी पुगेका छौं । वर्तमान संविधान र देश एकसाथ सूरक्षित तुल्याउन नसकिने ठहरसहित हामी देशभक्त-राष्ट्रप्रेमीहरू मोर्चावद्ध भएर राष्ट्रविरुद्धका चुनौतीहरूको’ सामना गर्न प्रतिवद्ध भएका छौं । सम्पूर्ण देशभक्त, राष्ट्रप्रेमी, मौलिक धर्म-संस्कृति संरक्षणका पक्षधर तथा एकता र अखण्डताका हिमायतीहरूलाई यसै मोर्चामा सामेल भइ राष्ट्र रक्षाको महाअभियानमा जुट्न हामी हार्दिक अनुरोध गर्दछौं ।

परिवर्तन अपरिहार्यताका कारणहरू :

राष्ट्रियता कमजोर हुँदै गएको ।
सामाजिक सद्भाव र राष्ट्रिय एकता दुर्बल भएको।
सार्वभौमिक सर्वोच्चता र राष्ट्रिय अखण्डताको रक्षा हुन नसकेको ।
नेपालीहरूको मौलिक धर्म, संस्कृति र परम्पराको संरक्षण हुन नसकेको ।
पराया धर्मको कृत्रिम विस्तारलाई काबुमा लिन नसकेको नखोजेको ।
राज्य संयन्त्रलाई राजनीतिकरण र पार्टीकरण गरिएको ।
राष्ट्रिय उत्पादन, उत्पादनका साधन र उत्पादकत्वको विकास हुन नसक्दा मुलुकले धान्नै नसक्ने गरी व्यापार घाटा बढेको ।
पर्यावरणय सुधार र संरक्षणमा राज्य उदासिन रहेको ।
व्यवस्थित आवाशीय व्यवस्था, औद्योगिकीकरण र रोजगारी प्रवर्द्धन गर्ने कार्यक्रम तर्जुमा हुन नसकेको।
ब्याप्त भ्रष्टाचार नियन्त्रण र सशासन तथा पारदर्शिताका निम्ति कुनै कदम नचालिएको ।
नेपाल र नेपालीको गरिमामय प्रतिष्ठा. सम्मान विश्व सामू अति कमजोर हुँदै गइरहेको ।
विकास निर्माणका कार्यलाई गुणस्तरीय र अनियमितता सुन्य तुल्याउन राज्य असमर्थ रहेको ।
कर्मचारी प्रशासनलाई जनमैत्री, कार्यमुखी र इमान्दार बनाउन नखोजिएको ।
न्यायिक निकायहरूप्रतिको आस्था, विश्वास र भरोसामा भारी ह्रास आउँदा पनि त्यसको सुधारका निम्ति कुनै पहल नगरिएको ।
विपन्न र पिछडिएका मानिसको न्याय र अवसरमा पहुँच स्थापित गराउने कुन विशेश कार्यक्रम नभएको।
स्वास्थ्य सेवालाई गुणस्तरीय सुलभ र ब्यापक तुल्याउन नसकेको ।
कृषि उत्पादन र कृषकमैत्री नीति र व्यवहार नभएको ।
निःशुल्क, गुणस्तीय र राष्ट्रोपयोगी शिक्षा व्यवस्थाको विकास गर्नेतर्फ राज्य उदासिन रहको ।
युवाहरूलाई लक्षित गरी खेलकुद, रोजगारी र स्वास्थ्य सूरक्षासम्बन्धी प्रभावकारी कार्यक्रम तर्जुमा गर्न नसकेको।
नेपाली गीत, संगीत र कलाकर्मलाई सम्मानित एवं व्यावसायिक तुल्याउन नसकेको ।
नागरिकको दैनिक जीवनलाई सहज, सरल, सुलभ र आनन्ददायक तुल्याउन नसकेकी । प्रजातन्त्रसम्मत व्यवहार राजीतिक क्षेत्रमा प्रकट हुन नसकेको।
यातायात व्यवसायलाई मर्यादित र सूरक्षित तुल्याउने तर्फ चासो प्रकट नभएको ।
शैक्षिक, न्यायिक र स्वास्थ्य लगायतका सम्वेनशील क्षेत्रलाई राजनीतिमुक्त बनाउन नसकेको।
बढ्दो अपराध र अपराधिकरणलाई नियन्त्रण गर्न असफल रहेको।
राष्ट्रकेन्द्रित एवम् जनमुखी राजनीतिको विकास गर्न नखोजिएको ।
शिक्षा, स्वास्थ्य र रोजगारी न्याय र सुरक्षा प्रणाली जनउपयोगी नभएको ।
हाम्रा प्रतिबद्धताहरू :

एकीकृत सार्वभौमिकता सहितको धर्मसापेक्ष राष्ट्र ।
मौलिक धर्म, संस्कृति, परम्परा, इतिहास र सभ्यता सहितको समृद्धि।
गैह्रजातिवादी अवधारणाको कार्यान्वयन।
जनता,राजसंस्था र राजनीतिक दलहरुवीचको समन्वयकारी राजनीतिक प्रणाली।
सबल र सुदृढ नेपाली राष्ट्रिय सेना ।
ट्रेड युनियनहरूको व्यवस्थापन ।
न्याय, सूरक्षा, शिक्षा र स्वास्थ्य सेवा निःशुल्क ।
सम्पत्ति आर्जन र संरक्षणको सुनिश्चिततासहित राष्ट्रिय पुँजीको प्रवर्द्धन ।
भ्रष्टाचारशुन्य राज्य संयन्त्र र समाज।
स्वदेशी उत्पादन र रोजगारी प्रवर्द्धनलाई उच्च प्राथमिकता ।
महिला, पिछडिएका समदाय र विपन्न वर्गलाई माथि उठाउन विशेष आर्थिक तथा कार्यक्रम।
जनमैत्री, पारदर्शी र कार्यमखी कर्मचारी प्रशासन ।
सन्तुलित एवम् राष्ट्रहितमुखी परराष्ट्र नीति र व्यवहार ।
उत्पादनमुखी अर्थतन्त्र ।
कर प्रणाली,मुर्हित जनमखी, आर्थिक नीति, योजना र कार्यक्रम ।
लक्ष्यहरूः

अखण्ड एवंस् सुदृढ र सम्मानित सार्वभौमिकतासहितको एकतावद्ध नेपाल निर्माण गर्ने ।
सामाजिक सद्भाव र जातीय एकता पुनर्स्थापित गर्ने ।
स्थानीय तहमा अधिकार, सेवा र सुविधाको क्षेत्र विस्तार गर्दै स्थानीय तहलाई जिम्मेवार
बनाउने र प्रादेशिक संरचना विस्थापित गराउने ।
स्वास्थ्य, शिक्षा, रोजगारी, न्याय, सूरक्षा र मनोरञ्जनमा सबै नागरिकको पहुँच स्थापित गर्ने।
बौद्ध, किराँत, बोन, जैन, शिख, मैत्रीय र इस्लाम लगायतका धर्म संस्कृतिको संरक्षण गर्ने
वैदिक सनातन हिन्दूराष्ट्र स्थापना गराउँने ।
भ्रष्टाचार तथा अनियमितता शुन्य शासन प्रशासन बनाउँदै समृद्ध नेपालको भविष्य सुनिश्चित गराउने।
राजनीतिक प्रणाली:

संसदीय प्रजातन्त्र,
कानुन निर्माणमा केन्द्रित व्यवस्थापिका,
निष्पक्ष, पारदर्शी र न्यायिक न्यायपालिका,
सर्वमान्य, निष्पक्ष र जिम्मेवार राष्ट्रप्रमुख,
विचार/दर्शन :

पृथ्वीनारायण शाहको बिचारलाई मार्गदर्शक सिद्धान्तका रूपमा अवलम्बन गरिनेछ ।
मार्गदर्शक सिद्धान्त : श्री ५ बडा महाराजाधिराज पृथ्वीनारायण शाह कृत ।

ऐतिहासिक व्यक्तित्वहरु : बहादुर शाह, राजेन्द्र लक्ष्मी शाह, राजा राम शाह, राजा महेन्द्र शाह, महेन्द्र मल्ल, काजि कालु पाँडे, बिसे नगर्ची, जङ्गबहादुर राणा, भक्ति थापा, वीर बलभद्र कुँवर, शंखधर साख्वा, भृकुटी, अरनिको, भीमसेन थापा, जय पृथ्वीबहादुर सिह, भानुभक्त आचार्य, लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेल, बालकृष्ण सम ।

प्रेरक व्यक्तित्वहरु : बीपी कोइराला, मदन भण्डारी, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह ।

विकासको मापदण्ड :

पर्यावरणीय अवस्था र सुधारका कार्यक्रम ।
जनताको खुशी।
इतिहास र सभ्यताको रक्षा ।
सुशासन।
मौलिक धर्म, संस्कृति र परम्पराको संरक्षण ।
कला र खेलकुदको स्थिति।
प्राकृतिक श्रोत पहिचान र परिचालन ।
भौतिक विकास (सडक, यातायात, सञ्चार, उर्जा) तथा विकासको गुणस्तर ।
समाज व्यवस्था (नारी, बालबालिका र ज्येष्ठ नागरिकको अवस्था)
अपराध न्युनिकरण तथा शान्ति सुरक्षाको स्थिति।
मनोरञ्जनका साधनको उपलब्धता।
जल तथा भू-उपयोग तथा जल संरक्षण।
औद्योगिक उत्पादन र मजदूरहरूको अवस्था।
कृषि उत्पादन र कृषकहरूको अवस्था।
रोजगारी प्रवर्द्धन ।
सामाजिक सूरक्षा।
स्वास्थ्य शिक्षा प्रणाली र शैक्षिक अवस्था।
परराष्ट्र सम्बन्ध, व्यवहार र परिणाम ।
ब्यापार घाटा, मुद्रास्फिति ।
हामी मुलुकको शान्ति, स्थिरता र समृद्धिका निम्ति प्रतिबद्ध रहँदै देशका सबै राष्टप्रेमी. देशभक्त धर्मसापेक्षताका पक्षधर, विकासप्रेमी जनसमूदायमा “एकीकृत शक्ति,नेपाल”को आवद्धताका निम्ति हार्दिक आह्वान गर्दछौँ । एकताबद्ध एवम् प्रतिबद्ध जनशक्तिको सक्रिय, इमान्दार र सात्विक प्रयासमा मात्र परिवर्तन निश्चित हुने विश्वास हामीले लिएका छौँ । आमूल परिवर्तनबाट मात्र विद्यमान सबैखाले समस्याको समाधान हुने हाम्रो ठहर छ।

जय देश/जय मातृभूमि !

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

सत्ताका लागि राष्ट्रियताका अहितमा कुनै सम्झौता गरिदैन : प्रधानमन्त्री

 कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न