दुई दिनदेखि विवाद मिलाउन कस्सीएका नेता एमालेको पुरानै पार्टी संरचना अन्तर्गत बैठक राखेर त्यहीँबाट समाधान खोज्ने पक्षमा सकारात्मक बने पनि ओली मौन बस्दा उनीहरूको प्रयाससमेत निरर्थक बनेको छ । एमालेको नेपाल–खनाल पक्ष विवाद मिलाउन सबैभन्दा पहिले २०७७ फागुन २८ गतेको निर्णय सच्चिनु पर्ने अडानमा छ ।
प्रधानमन्त्रीसमेत रहेका ओलीले फागुन २८ को निर्णय सच्याउन असहमति जनाएपछि शुक्रबार हुने भनिएको ओली–नेपाल निर्णायक वार्तासमेत हुन सकेन । बालुवाटारमा दोस्रो तहका नेताले कार्यदल बनाएर विवाद निरुपण गर्नेसम्मको विषयमा छलफल गरे पनि शुक्रबार यसले निकास पाउन सकेन ।
बालुवाटार निकट स्रोतका अनुसार उपप्रधानमन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रमुख सचेतक विशाल भट्टराई, मन्त्रीहरू पार्वत गुरुङ, लीलानाथ श्रेष्ठ, स्थायी कमिटी सदस्यहरू किरण गुरुङ, छविलाल विश्वकर्मा लगायतले ओलीलाई विवाद मिलाउन दबाब दिएका थिए । उनीहरूले फागुन २८ गते गरेकै निर्णय पुरानै केन्द्रीय कमिटीको बैठक राखेर गर्न र पार्टीलाई सुरुकै अवस्थामा ल्याउनुपर्ने नेपाल पक्षको माग सम्बोधन गरेर अघि बढ्न आग्रह गरे पनि ओली त्यसमा सहमत हुन सकेनन् । शुक्रबार दिनभर दुवै पक्षका दोस्रो तहका नेता छलफलमै क्रियाशील थिए । नेपाल पक्षले माओवादी केन्द्रसँग एकीकरण हुनु पूर्वकै सांगठनिक संरचना क्रियाशील बनाउनुपर्ने अडान कायमै राखेको छ ।
यो समाचार आजको नागरिक दैनिकमा छ ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।