साउन २७, काठमाडौँ : सरकारले भदौ मसान्तपछि मात्रै हवाई उडान तथा लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनले गर्दा बन्द रहेका उडान तथा सवारी सञ्चालन भदौ १ देखि खुलाउने भनिए पनि संक्रमणको जोखिम बढेको भन्दै भदौ मसान्तसम्म रोक लगाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।
जोखिमलाई ध्यानमा राखेर बैठकले भदौ १५ गतेसम्म अन्तरजिल्ला यातायात र अन्तर्राष्ट्रिय तथा राष्ट्रिय उडान स्थगित गर्ने निर्णय गरिएको बताइएको छ । भदौ १ गतेपछि गरिने भनेका सबै कार्यहरु भदौ मसान्तसम्मका लागि स्थगित गरिएको छ । शैक्षिक गतिविधि, खेलकुद प्रशिक्षणलगायत भदौ मसान्तसम्म बन्द हुने भएको हो । बैठकले काठमाडौँमा भेला समारोहमा पनि रोक लगाउनुका साथै उपत्यका प्रवेशका नाकाहरु बन्द गर्ने भएको हो ।
यसअघि सीसीएमसीको बैठकले सरकारलाई लामो दूरीको सवारी, हवाई उडान तथा शैक्षिक गतिविधिहरु भदौ १५ गतेसम्म स्थगित गर्न सिफारिस गरेको थियो । त्यस्तै, उपत्यकालाई संक्रमणका जोखिमबाट बचाउन नाका सिल गर्नुपर्ने सरोकारवालाहरुले सरकारसमक्ष अनुरोध पनि गरेका थिए ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको