विशेष तालिम प्राप्त जोजो कुकुरले फेला पार्याे गाेंगबुमा बरामद शवको टाउको

साउन २६, काठमाडौँ : गाेंगबुमा आइतबार सुटकेशभित्र टाउको र खुट्टा काटिएको अवस्थामा शव भेटिएको थियो । चिकित्सकका अनुसार उक्त शव करिब ४० ४५ वर्षे रहेको अनुमान गरिएको थियो तर टाउको नभेटिएपछि यकिन गर्न कठिन भएको बताइएको छ । प्रहरीले शवको टाउको र बाँकी भाग खोज्न तालिम प्राप्त कुकुर जोजो खटाएको थियो । विशेष तालिम प्राप्त जोजो नामक ट्याकर कुकुर प्रहरीले २०७४ सालमा बेलारुसबाट खरिद गरेको थियो ।

त्यही कुकुरको सहाराले सुटकेश सुँघाएर करिब ३ सय मिटर पर अर्काे झोलामा टाउको र खुट्टा भेटियो । टाउको भएपछि सनाखत गर्न र थप अनुसन्धानमा सहयोग पुग्ने प्रहरी अधिकृत बताउँछन् । दुवै स्थानमा भेटिएको शवको टुक्राको अवलोकनबाट फरेन्सिक विज्ञले घटना पछिल्लो १२ घण्टाको अवधिमा भएको हुनसक्ने निष्कर्ष निकालेका छन् । यद्यपि, यसबारे विस्तृत विवरण पोष्टमार्टम रिपोर्टले नै खुलाउनेछ । हाल पोष्टमार्टमका लागि शवलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइसकिएको छ ।

शवको प्रकृति हेर्दा हतियार चलाइरहेको मान्छेले एकैपटकमा छिनाएको जस्तो देखिने प्रहरीले जनाएको छ । प्रहरीले सनाखत गर्ने प्रयास गरिहेको जनाएको छ । बेपत्ता व्यक्तिहरुको फाइल खोजिरहेको बताइएको छ । त्यस्तै, प्रहरीले क्लोज सर्किट (सीसी) क्यामरा फुटेजको विश्लेषण गरिरहेको छ । तर रातको समय र पानी परिरहेका बेला भएकाले सीसी टीभी फुटेजको विश्लेषण पनि सहज छैन ।

प्रारम्भिक अनुसन्धानमा शव भेटिएको स्थानमा हत्या भएको सम्भवना कम रहेको अधिकृतहरु बताउँछन् । अन्यत्र हत्या गरेर त्यहाँ लगेर शव फालिएको हुनसक्ने बताइएको छ । घटनामा व्यवसायिक अपराधीको संलग्नता रहेको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीले घटनामा विषयमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको