साउन २४, विराटनगर : विराटनगर महानगरपालिकामा दुई पत्रकारसहित २२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । शुक्रबारसाँझ प्राप्त भएको पछिल्लो पीसीआर परीक्षण रिपोर्टले दुई पत्रकारमा पनि कोरोना रहेको देखाएको हो । दुवै जना पत्रकार विराटनगरबाट प्रकासित हुने उद्धघोष दैनिकमा कार्यरत छन् । उक्त दैनिकमा काम गर्ने अरु पत्रकारले पनि स्वाब परीक्षणका लागि दिएका छन् ।
बाँकीको भने रिपोर्ट प्राप्त नभइसकेको महानगरपालिकाले जनाएको छ । स्वाब परीक्षणका लागि दिएकामध्ये केहीमा कोरोनाको लक्षण पनि देखिएको छ । पत्रकारलाई कोरोनाको लक्षण देखिएसँगै उद्धघोष दैनिकले आफ्नो प्रकासन अनिश्चितकालका लागि बन्द गरेको छ ।
साँझ संक्रमण पुष्टि भएकाहरुमा विराटनगर–२ का चार, विराटनगर–३ का एक, विराटनगर– ५ का एक, विराटनगर –६ का दुई, विराटनगर –७ का तीनजना छन् । त्यस्तै विराटनगर–८ का एका, १० का एक, ११ का एक, १३ का चार र विराटनगर–१४ का एक जनामा संक्रमण देखिएको छ ।
शुक्रबार दिउँसो विराटनगरमा ३३ जनामा संक्रमण पुष्टि भएको थियो । साँझ २२ जना थपिएका हुन् । नयाँ थपिएकासँगै विराटनगरमा संक्रमित हुनेको संख्या दुई सय ४५ पुगेको छ ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको