प्रधानमन्त्री ओली सहित सचिवालय टिमको पीसीआर रिपोर्ट नेगेटिभ

साउन २३, काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली लगायत सचिवालय टिमको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश २ आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवमा कोरोना पुष्टि भएपछि उनको कन्ट्याक्ट ट्रेसिङमा रहेका प्रधानमन्त्री ओलीलगायतको परीक्षण गरिएको हो । साउन १७ गते बालुवाटारमा भएको प्रहरी समायोजनसम्बन्धी बैठकमा प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव, प्रहरी प्रमुख, सातै प्रदेशका कानुन मन्त्रीहरूलगायत उपस्थित थिए ।

बैठकपछि जनकपुर फर्किएका उनको परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । यादवको सम्पर्कमा आएका प्रधानमन्त्रीसहित सचिवालय टिमको परीक्षण गराइएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सबैको स्वाब संकलन गरेर परीक्षण गरिएको जनाए । प्रधानमन्त्री ओलीले भौतिक दुरी कायम राखेर भेट गरेको र यस मामिलामा गम्भीर भएको बताउँदैसबै रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको