गण्डकी प्रदेशमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले पछिल्लोपटक सोमबार दिउँसो जारी गरेको विज्ञप्ति अनुसार नयाँ संक्रमण पुष्टि हुनेमा स्याङ्जाका १८ जना तथा लमजुङ्ग र कास्कीका २-२ जना छन् ।
योसँगै गण्डकी प्रदेशमा कुल संक्रमित व्यक्तिको संख्या १३९९ पुगेको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा स्याङ्जाको पुतलीबजार नगरपालिकाका १७ जना पुरुष र एकजना महिलामा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी लमजुङ्गको मध्यनेपाल र दुधपोखरीका एक-एकजना पुरुषमा पनि संक्रमण देखिएको छ ।
यता कास्कीको रुपा गाउँपालिका र माछापुच्छ्रे गाउँपालिकाका एक-एकजना पुरुषमा पनि संक्रमण भेटिएको छ ।
संक्रमित सबैलाइ आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।
यसअघि आजै विहान पोखराको मणिपाल अस्पतालमा कार्यरत डाक्टरसहित २ जनामा पनि संक्रमण पुष्टि भएको थियो ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको