July 22, 2020

क्याबिनेटमा जब प्रधानमन्त्री ‘परिबन्द’ मा परे 

काठमाडौं,साउन ७,

अरु बेलाजस्तो अस्ति सोमबार साँझको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी ओलीले लामो भनाइ राखेनन् । बरु, बैठकको बीचमा नेकपा अध्यक्ष प्रचण्डले अघिल्लो शनिबार आफूलाई झुक्याएर शीतल निवास पु¥याएको प्रसंगसम्बन्धी अहिले मान्छेहरूको मुखमुखमा झुण्डिएको ‘परिबन्द’ शव्द प्रयोग गरे । अनि, सबै मन्त्री गलल हाँसे ।

‘अहिले देशव्यापी रुपमा बाढी, पहिरोले प्राकृतिक विपद् मच्चिएको छ । यस्तो बेलामा सबै राजनीतिक दल, संघसंस्थालाई त्यसतर्फ केन्द्रित हुन आह्वान गरौँ’ भनेर प्रधानमन्त्रीले बैठक शुरु गरे । अरु दिनभन्दा अलिक बढी थकितजस्तो देखिएका उनले पहिला–पहिला विभिन्न मन्त्रीलाई उनीहरूले ल्याएको प्रस्तावबारे सोधखोज र टिप्पणी गर्थे । तर, सोमबार त्यस्तो केही भनेनन् ।

शुरुमा विपद्बारे केही कुरा राखेपछि बैठक सीधै एजेण्डामा प्रवेश ग-यो । मन्त्रीहरूका कान आ–आफ्ना एजेण्डा अगाडि आउँदा ठाडो हुने र अर्काको एजेण्डामा खासै चासो हुँदैन । तर, सोमबारको बैठकको बीचमा एउटा यस्तो एजेण्डा आइदियो जसले मन्त्रीहरूलाई ‘के हो र कसो हो ?’ भन्नेखालको जिज्ञाशा उत्पन्न गरायो । तर, त्यस्तो बैठकको मर्यादा नै कस्तो हुन्छ भने, प्रधानमन्त्रीलाई सोध्न नमिल्ने !

कुनै एउटा प्रस्ताव पास गर्नैपर्ने खालको थियो । यसमा सबै मन्त्रीको कान ठाडो भइसकेको थियो । तर, त्यस्तो प्रस्ताव उल्लेखित कागज पन्छाउँदै प्रधानमन्त्रीले भने, ‘यो राष्ट्रपतिकहाँ परिबन्दले लानैपर्ने भयो भने जस्तो केही होइन ।’ उनले यति भनेपछि मुख्यसचिवसहित सबै मन्त्रीहरू एकै तालमा गलल हाँसे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर