July 18, 2020

अख्तियारद्वारा ३० वर्षयताकै बढी मुद्दा दायर

काठमाडौं, साउन ३ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७६/७७ को अवधिमा भ्रष्टाचारका ४ सय ४१ वटा मुद्दा दायर गरेको छ । आयोगको विगत ३० वर्षको इतिहासमा यो सबैभन्दा बढी हो । सो अवधिमा अख्तियारले सबैभन्दा बढी घुस (रिसवत) लेनदेनका २ सय ६ तथा नक्कली शैक्षिक प्रमाणपत्रका ८५ वटा मुद्दा दायर गरेको छ ।

यसैगरी, सार्वजनिक सम्पत्ति हिनामिनाका ७४, गैरकानुनी लाभहानिका ३६, राजस्व हिनामिनाका १२, गैरकानुनी सम्पत्ति आर्जनका १८ तथा विविधका १० वटा मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।

अख्तियारले अकुत सम्पत्ति आर्जनका १८ मुद्दामा १ अर्ब ९ करोड ६१ लाख ९४ हजार ७१ रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो । आयोगका अनुसार आव २०७६/७७ मा आयोगमा २४ हजार ८ सय ९० उजुरी दर्ता भएको थियो । १६ हजार ५ सय ८६ वटा उजुरी फर्स्योट भएको र १ हजार १ सय १४ को विस्तृत अनुसन्धान गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारले दर्ता गरेकामध्ये १ करोड रुपैयाँभन्दा बढी बिगो कायम भएका मुद्दाको संख्या २८ रहेको छ । ३ वैशाख २०७७ मा गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा कार्यरत एक्सरे प्राविधिक राजकुमार ढकालविरुद्ध २ करोड २ हजार ८ सय रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको अभियोगमा मुद्दा दर्ता गर्यो ।

अख्तियारले उनीसहित सम्पत्ति लुकाएको आरोपमा उनकी श्रीमती निरजरा घिमिरेलाई मुद्दामा प्रतिवादी बनाएको छ । उनको जग्गा लुकाएका राममणि लामिछानेले अनुसन्धानमा सहयोग गरेकाले सहुलियत पाएका छन् । ढकालले आफ्नी श्रीमतीको नाममा घरजग्गा खरिद र बैंक खातामा रकम राखेको भेटिएको थियो ।

त्यस्तै, ३० असारमा अख्तियारले शिक्षा सेवाका उपसचिव मनप्रसाद रेग्मीले साढे ४ करोड रुपैयाँ अवैध रूपमा आर्जन गरेको ठहर गर्दै अख्तियायार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको