June 26, 2020

‘नेपाल र चीनबीच सीमा विवाद छैन’

 असार १२, facebook sharing buttontwitter sharing buttonpinterest sharing buttonemail sharing buttonmessenger sharing buttonsharethis sharing button

काठमाडौं – परराष्ट मन्त्रालयले नेपाल र चीनबीच सीमा विवाद नभएको स्पष्ट पारेको छ । परराष्ट्र मन्त्रालयले नेपाल र चीनबीचको सीमा विवाद ५ अक्टोबर १९६१ मा दुई देशबीच सन्धि भएकै बेला समाधान भएको उल्लेख गरेको छ । कृषि तथा उद्योग मन्त्रालयको तथ्यांकका आधारमा दिइएको समाचारमा पुष्टि हुने आधार नरहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र अतिक्रमण गरेको समाचार आइरहेका बेला चीनले पनि सीमा विवाद गरेको विषय उठेपछि परराष्ट्र मन्त्रालयले सीमा विवादको बारेमा प्रस्ट पारेको हो । चीनले सीमा मिचेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्मा संकल्प प्रस्तावसमेत पेस गरिसकेको छ । तर, परराष्ट्र मन्त्रालयले भने सीमा विवाद पहिल्यै हल भइसेकेको जनाएको छ ।

नेपाल र चीन सीमाको विषयमा सन् १९६० मा सीमाको सुपरिवेक्षण र सन् १९६१ अक्टोबरमा सीमा सन्धि भएको थियो ।
सन् १९६२ मा नेपाल र चीनबीचको सीमांकन भएको र सन् १९६३ मा ब्राउन्डी प्रोटोकलमा हस्ताक्षर भएको सीमाविद् बुद्धिनारायण श्रेष्ठले बताए ।

उनका अनुसार हाल चीनसँग दोलखाको लामाबगर गाविसको लेप्चा गाउँस्थित कोर्लाङपारी हिमालको टिप्पाचुलीमा केही क्षेत्र सीमा मिचिएको भेटिएको छ । सीमाको सुपरिवेक्षण गर्दा ५७ नम्बरको पिल्लर जुन ठाउँमा हुनुपर्ने हो, सो ठाउँमा नरहेको भेटियो । लामो समय नभेटिएको सो सीमा स्तम्भ २०६२ सालमा भेटिएको थियो ।

‘नेपालका तर्फबाट ५७ गलत ठाउँमा गाडिएछ,’ सीमाविद् श्रेष्ठले भने, ‘अलिकति मिचिएको भनेर कुरा उठेको छ । संयुक्त सीमा समिति नबसेको हुँदा निर्णय भएको छैन ।’ यो समाचार आजको राजधानी दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’